सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल


  •    न्युजभित्तो/२० माघ २०८२, सोमबार १५:२६ 
  • काठमाडौँ, १९ माघ ।  निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य सूचना र सामग्रीलाई व्यापकता दिइ मतदाता शिक्षाको प्रवद्र्धन, सञ्चार अनुगमनलगायतका विषयमा आज सरकारी स्वामित्वका सञ्चारमाध्यम र सम्बन्धित निकायसँग छलफल गरेको छ ।

    आयोगले निर्वाचन आउन एक महिना बाँकी रहेको सन्दर्भमा निर्वाचनमय वातावरणको सिर्जना, निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी एवं मितव्ययी रुपमा निर्वाचन सम्पन्न गराउन ती माध्यमसँग सहकार्यको योजना पनि मागेको छ । आयोगका निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव राजेन्द्रकुमार केसीले सञ्चारमाध्यमले आफ्नो नियमित जिम्मेवारीका अतिरिक्त निर्वाचनपूर्व, निर्वाचनका समय र निर्वाचनपश्चात्का अवधिमा तथ्यपूर्ण सूचना र समाचार सामग्री उत्पादन तथा प्रकाशन÷प्रसारण गरेर निर्वाचनको राष्ट्रिय दायित्वलाई सफल तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

    छलफलमा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सन्दीप राईले राससले चौबिसै घण्टा समाचारीय सेवा प्रवाहमार्फत ६ सयभन्दा बढी सेवाग्राहीलाई राष्ट्रिय÷अन्तरराष्ट्रिय समाचार, आलेख, विचार, अन्तर्वार्ता, मातृभाषा सेवालगायत सामग्री सम्प्रेषण गरिरहेको बताउनुभयो । उहाँले निर्वाचन क्षेत्र विशेषका समग्र समाचार सङ्कलनका लागि निर्वाचन डेस्कको स्थापना गरी प्रभावकारी काम भइरहेको जानकारी दिनुभयो । 

    विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले निर्वाचनका समयमा विज्ञापनमार्फत आचारसंहिताको उल्लङ्घन हुन सक्ने भएकाले त्यसका लागि बोर्डले नियमनको काम गरिरहेको जानकारी दिनुभयो । प्रेस काउन्सिल नेपालका मुख्य प्रशासकीय अधिकृत झविन्द्र भुसालले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको कार्यान्वयनका लागि काउन्सिलले विशेष टोली बनाएर अनुगमन–कारावाहीका काम गरिहेको जानकारी दिनुभयो ।  

    यस्तै सार्वजनिक प्रसारण संस्था (नेपाल टेलिभिजन÷रेडियो नेपाल) का नायब महाप्रबन्धक राजकुमार थापा, गोरखापत्र संस्थानका निमित्त कार्यकारी सम्पादक नारद गौतमले आफ्ना संस्थाबाट निर्वाचनका विषयमा भइरहेका समाचारीय काम र भावी योजनाबारे अवगत गराउनुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.