सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात


  •    न्युजभित्तो/२० माघ २०८२, सोमबार १२:५२ 
  • मलेखु (धादिङ), १९ माघ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरुवात गरेको छ ।

    निर्वाचनको बेला राजनीतिक दल र सञ्चारमाध्यम दुवै पक्षबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटना कम गराउने उद्देश्यसहित आइतबार धादिङदेखि अभियान थालनी गरेको हो । सो अभियानसँगै नेपाल पत्रकार महासङ्घले जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी राष्ट्रिय अभियान पनि धादिङबाटै सुरुवात गरेको छ ।

    निर्वाचनमा आचारसंहिता पालना, अनलाइन, रेडियो टिभी पत्रपत्रिकाले निभाउनुपर्ने जिम्मेवार मिडियाको भूमिका तथा सञ्चारकर्मीले निष्पक्षता, सन्तुलन र सत्यतामा आधारित भएर आचारसंहिता पालना गर्नुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले बताउनुभयो । 

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले स्वच्छ निष्पक्ष र भयमुुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न पत्रकार आचारसंहिताको पालना गर्नुपर्ने बताउनुभयो । । सञ्चारमाध्यम र सञ्चारकर्मी जिम्मेवार भए नागरिक बलियो हुने भएकाले निर्वाचनको समयमा सञ्चारकर्मीले कसैको पक्ष वा विपक्षमा नबोल्न र नागरिकलाई सचेत गराउन पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा सूचना विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरु शान्तराम विडारी, भिमलाल श्रेष्ठ, नकुल अर्याल, बालकृष्ण अधिकारी, पदमराज जोशी, कुमारीनिमा काफ्ले, विजयराज अधिकारी, केशवशरण लामिछानेलगायतले निर्वाचन जागरण कार्यक्रममा संचारकर्मी, मिडियाले ध्यानदिनुपर्ने विषयमा आआफ्नो विचार व्यक्त गरेका थिए ।

    यसैबीच नेपाल पत्रकार महासङ्घ धादिङले छुट्टाछुट्टै विधामा चार जना सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । राजेन्द्रप्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार केशव अधिकारलाई १५ हजार नगदसहित पुरस्कृत गरेको छ । सीतारामप्रसाद वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार पोषनाथ अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट पत्रकार राजन अधिकारी र शालिकराम वर्मा स्मृति पुरस्कारबाट पत्रकार रामबहादुर ठकुरीलाई पुरस्कृत गरेको हो ।

    नेपाल पत्रकार महासङ्घ धादिङले आफ्नो आधिकारिक वेबसाइट डब्लुुडब्लुुडब्लुु डट एफएनजे डट ओआरजीको आइतबारबाटै विधिवत सुरुवात गरेको छ । पत्रकार महासङ्घको गतिविधि, इतिहास र सदस्यहरुको विवरण, सञ्चारसंस्थाहरुको विवरण वेबसाइटमा राखिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.