banner news
घोराही (दाङ), २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् । मतदाताले भने उम्मेदवारलाई आश्वासनभन्दा विकासका योजनाको ‘ग्यारेन्टी’ गर्न...
दमौली (तनहुँ), १९ माघ । तनहुँको आँबुखैरेनीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । आँबुखैरेनी गाउँपालिकाले नेपाल नेत्रज्योति सङ्घ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहयोगमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा मोतियाविन्दु देखिएका ८९ जनाको शल्यक्रिया...
काठमाडौँ, १९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक प्रभाव र दबाबमा नपरी पूर्वाग्रहभन्दा माथि उठेर कानुनको मर्मअनुसारको जिम्मेवारी निर्वाह गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आज प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूहको दीक्षान्त...
काठमाडौँ, १९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ । यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ...
काठमाडौँ, १९ माघ । नेपालवाद अभियानअन्तर्गत तयार पारिएको ‘नागरिक जिम्मेवारीः सफल राष्ट्र बनाउन २४ पिलरमा नागरिकका भूमिका’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । खेम शर्माद्वारा लिखित सो पुस्तक आज यहाँ ओयोजित कार्यक्रममा सार्वजनिक गरिएको सो अभियानले विज्ञप्तिमार्फत जानकारी दिएको...
काठमाडौँ, १९ माघ । स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गरेर लानुपर्ने सांसद रेणु चन्दले माग गर्नुभएको छ । सङ्घीय संसद् राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नागरिकको पहुँचमा पुगेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउँदै विभिन्न अस्पतालमा भुक्तानीको...
काठमाडौँ, १९ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताउनुभएको छ । उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण...
गण्डकी, १९ माघ । जनप्रीय बहुमुखी क्याम्पसको आयोजना एवम् विश्वविद्यालय अनुदान आयोगको विशेष सहयोगमा आगामी चैत १२, १३ र १४ गते पोखरामा ‘नेपालमा उच्च शिक्षाको रुपान्तरणः विश्व प्रतिष्पर्धातर्फका मार्गहरू’ विषयक अन्तराष्ट्रिय सम्मेलन गरिनेभएको छ । सम्मेलनबारे जानकारी दिन आज यहाँ...
तनहुँ, १९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट ६७ निर्वाचन प्रहरी छिमेकी जिल्ला स्याङ्जा पठाइएको छ । तनहुँका लागि आवश्यक सङ्ख्या एक हजार ५७३ जना राखेर बाँकी रहेका १९६ वैकल्पिक निर्वाचन प्रहरीमध्ये उक्त सङ्ख्यामा स्याङ्जा...
महेन्द्रनगर, १९ माघ । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज बिहान बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुग्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उहाँको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए ।...

















