सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नुवाकोटमा बाल सुधार केन्द्र स्थापना


  •    न्युजभित्तो/२० माघ २०८२, सोमबार १५:०६ 
  • त्रिशूली (नुवाकोट), १९ माघ । केन्द्रीय कारागार नुवाकोटमा बाल सुधार केन्द्र स्थापना गरिएको छ । केन्द्रीय कारागार नुवाकोटको रिक्त ब्लक नं ३ को भवनमा आवश्यक बन्दोबस्तीसहित स्थापना गरिएको केन्द्रमा देशका विभिन्न बाल सुधार केन्द्रमा क्षमताभन्दा बढी रहेका बाल बिज्याइँकर्तालाई ल्याउने लक्ष्यसहित तत्कालको लाग १५० जना क्षमताको केन्द्र स्थापना गरिएको हो ।

    केन्द्र स्थापनासहित आइतबार बाल सुधार केन्द्र भक्तपुरमा रहेका ७५ जना बाल बिज्याइँकर्तालाई आइतबार स्थान्तरण गरेर ल्याइएको कारागार प्रमुख भेषबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँको अनुसार गत पुस ३ गते मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनअन्तर्गत बाल सुधार केन्द्र भक्तपुरमा रहेकामध्ये पहिलो चरणमा पचहत्तर जनालाई केन्द्रीय कारागार नुवाकोटको रिक्त ब्लकमा ल्याएर राखिएको छ ।

    उक्त ब्लकमा करिब १५० जना बाल बिज्याइँकर्ता राख्न पुग्ने आवश्यक संरचना तयार गरिएको हुँदा बाँकीलाई क्रमशः ल्याउने तयारीमा रहेको उहाँको भनाइ छ । अहिले ल्याइएको बाल बिज्याइँकर्ता सबै जना १८ वर्ष उमेर पूरा भइसकेका, संलग्न घटनामा दोषी पुष्टि भएर बाल सुधार केन्द्र पठाउन सिफारिस भएका पुरुष रहेका छन् । बाल बिज्याइँकर्ता राख्न एउटा केन्द्रीय कारागार नुवाकोटमा अहिले एक मात्र भवन भएकाले तत्कालको लागि बालक ९पुरुष० लाई मात्र स्थान्तरण गर्न लागिएको छ ।

    देशका विभिन्न नौ स्थानमा सञ्चालित बाल सुधार केन्द्रमा क्षमताभन्दा बढी भएका बाल बिज्याइँकर्तालाई तत्कालै नुवाकोट स्थान्तरण गर्ने निर्णय गत पुस ३ मा मन्त्रिपरिषद्बाट भए पनि उनीहरूको लागी आवश्यक सुविधाको बन्दोबस्ती मिलाउन समय लागेको हो । कारागारमा निर्माण गरिएकामध्ये छुट्टै स्थानमा रहेको भवन ९ब्लक नं ३० मा नेपाल प्रहरीको सुरक्षा पहरामा तोकिएका मापदण्डको सुविधासहित बाल बिज्याइँकर्तालाई स्थान्तरण गरेर ल्याइएको हो ।

    उनीहरूलाई बन्दोबस्ती सहितको सुविधा उपलब्ध गराउने कार्य तत्कालका लागी केन्द्रीय कारागार नुवाकोटमार्फत भए पनि केही दिनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रतिनिधि खटाइ हुे प्रबन्ध मिलाइने उल्लेख छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.