सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र


  •    न्युजभित्तो/२६ माघ २०८२, आईतवार १५:५५ 
  • सुरुङ्गा (झापा),२५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र नं २ लाई राष्ट्रिय राजनीतिको चासोको केन्द्र बनेको छ । यस निर्वाचन क्षेत्रमा यसपटक १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट सभामुख र उपसभामुख बनेपछि राष्ट्रिय राजनीतिमा यो पटक पनि यो क्षेत्र चर्चा विषय बनेको हो ।

    यसपटक पनि प्रमुख दलका नेता तथा पूर्वपदाधिकारी उम्मेदवार रहेकाले निर्वाचनलाई महत्वपूर्ण मानिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे २०७९ को निर्वाचनमा २८ हजार ७१६ मत ल्याएर विजयी हुनुभएको थियो । एमालेको सङ्गठनात्मक शक्ति बलियो रहेको यो क्षेत्रमा उहाँ प्रमुख प्रतिस्पर्धीका रूपमा रहनुभएको छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री एवं पूर्वउपसभामुख इन्दिरा रानामगर प्रत्यक्ष निर्वाचनमार्फत संसद् प्रवेश गर्ने लक्ष्यसहित चुनावी मैदानमा हुनुहुन्छ । अघिल्लो निर्वाचनमा उहाँ रास्वपाको समानुपातिकबाट संसद् प्रवेश गर्दै उपसभामुख बन्नुभएको थियो ।

    सामाजिक अभियानबाट राजनीतिमा प्रवेश गर्नुभएकी रानामगरको उम्मेदवारीलाई वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्वका रूपमा हेरिएको छ । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा दोस्रो स्थान हासिल गर्नुभएका भद्रप्रसाद नेपाल ९स्वागत० यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएको छ । उहाँले २०७९ मा सम्पन्न निर्वाचनमा २६ हजार ४५५ मत प्राप्त गर्नुभएको थियो । 

    नेपाली कांग्रेसकी नेत्री एवं पूर्वमन्त्री सरिता प्रसाईं र नेपाली कम्युनिष्ट पार्टीकी नेत्री एवं पूर्वमन्त्री धर्मशीला चापागाईं पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।  अघिल्लो निर्वाचनमा रहेको दलगत गठबन्धन यसपटक नरहेकाले मत विभाजनको सम्भावना देखिएको छ ।

    बिर्तामोड र अर्जुनधारा नगरपालिका, कनकाइ नगरपालिकाका दुई वडा तथा बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको झापा-२ मा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन् । तीमध्ये १३ हजार ४३१ जना नयाँ मतदाता हुन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार अकलबहादुर तामाङ, अमृता लावती, अर्जुनकुमार पाण्डे, इन्दिरा राना मगर, केशवकुमार भण्डारी, चन्द्रकुमारी गारु, चुडाकर्ण बेघा, तिलबहादुर राई, देवराज घिमिरे, धर्माशिला चापागाईं, पुण्यप्रसाद आचार्य, भद्रप्रसाद नेपाल, मानबहादुर पुलामीमगर, डा युवराज सङ्ग्रौला, रमेशकुमार कार्की, रमेशकुमार राजवंशी, श्रीप्रसाद सिटौला र  सरिता प्रसाईंसहित १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.