सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न


  •    न्युजभित्तो/२६ माघ २०८२, आईतवार १६:१४ 
  • विराटनगर, २५ माघ । विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । श्री माध्यमिक विद्यालय कञ्चनबारीको संयोजनमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीबीच दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिएको हो ।

    प्रतियोगिताको पहिलो दिन विराटनगर महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा गराइएको थियो । यस चरणमा २६ वटा सामुदायिक विद्यालय सहभागी भएका थिए । प्रारम्भिक प्रतिस्पर्धाबाट उत्कृष्ट छ विद्यालय अन्तिम चरणका लागि छनोट भएका थिए ।

    प्रारम्भिक चरणको मूल्याङ्कनअनुसार पोखरिया माध्यमिक विद्यालय प्रथम, गोग्राहा माध्यमिक विद्यालय द्वितीय र जनता बालआधारभूत विद्यालय तृतीय भएका हुन् । त्यस्तै सत्यनारायण आधारभूत विद्यालय, मदननगर आधारभूत विद्यालय र आयोजक विद्यालय श्री माध्यमिक विद्यालय कञ्चनबारी पनि दोस्रो चरणमा प्रवेश गरेका थिए ।

    प्रतियोगिताको दोस्रो दिन संस्थागत विद्यालयतर्फबाट छनोट भई आएका छ र सामुदायिक विद्यालयतर्फबाट आएका छ विद्यालयबीच अन्तिम प्रतिस्पर्धा गराइएको थियो । अन्तिम नतिजाअनुसार मदननगर आधारभूत विद्यालय प्रथम, जनता बालआधारभूत विद्यालय विराटनगर–१४ द्वितीय, कान्तिपुर माध्यमिक विद्यालय तृतीय तथा पोलस्टार बोर्डिङ स्कुल चौँथो भएका छन् ।

    विजेता विद्यालयलाई क्रमशः रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु तीन हजार नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । पछिल्ला तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगिता लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धन, विद्यार्थीमा अन्तरनिहित प्रतिभाको पहिचान तथा सामुदायिक र संस्थागत विद्यालयबीच आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

    प्रतियोगितामा ३५० भन्दा बढी विद्यार्थीले विभिन्न जातजातिका लोकनृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गर्नुभएको थियो भने सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले विजेता विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.