banner news
काठमाडौँ । वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा आज विहान निधन भएको छ । दम रोगबाट पीडित अधिकारीको बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो । दर्जनौँ सिनेमा, टेलिश्रृङ्खला तथा नाटकबाट लोकप्रिय हुन सफल अभिनेत्री अधिकारी चलचित्र कन्यादानमा निर्वाह...
चितवन । रवि लामिछाने समर्थक प्रदर्शनकारी र प्रहरीबीच आज साँझ जिल्ला प्रहरी कार्यालय चितवनको मूलगेट अगाडि झडप भएको छ । झडपछि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई त्यहाँबाट तितरवितर पारेको छ । प्रहरी नायव उपरीक्षक दिपेन्द्र श्रेष्ठले प्रदर्शनकारीले...
चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थपका लागि तीन जनालाई शुक्रबार अदालत पेश गरेको थियो । कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लका अनुसार...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोकेको छ । पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले टुङ्गो लगाएको हो । बैठकले चर्चामा रहेको स्कूल विभागको प्रमुखमा उपप्रधानमन्त्री...
हेटौँडा । हेटौँडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो । काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई...
चितवन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ गरेका रवि लामिछानेसहित तीनै जनालाई चितवन ल्याएको छ । पक्राउ परेर चितवन ल्याइएकामा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्की रहेका छन्...
चितवन । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने र कँडेललाई न्युज २४ को कार्यालय काठमाण्डौंबाट पक्राउ गरिएको हो भने कार्कीलाई तिलिङ्गेटार काठमाण्डौंबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी...
काठमाडौँ । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ । वृत्तका प्रमुख, प्रहरी...
काठमाडौँ । बरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज विहान निधन भएको छ । निवासमै बेहोस भएका दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । दीक्षितलाई मुटु, मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो...
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट...














