पत्रकारहरुद्वारा मिडिया काउन्सिल विधेयकको विरोधमा मानव हातेसाङ्लो प्रदर्शन
/२५ जेष्ठ २०७६, शनिबार १९:३८
काठमार्डौ । नेपाल पत्रकार महाङ्घले सरकारले संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा आज मानव हातेसाङ्लो प्रदर्शन गरेको छ ।
बबरमहलमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म हातेसाङ्लो प्रदर्शन गरिएको थियो । प्रदर्शनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो । सबै पत्रकारले हातहात जोडेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा ‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘मिडिया काउन्सिल विधेयक खारेज गर’, ‘प्रेस स्वतन्त्रताको सम्मान गर’, ‘संविधानको प्रस्तावको सम्मान गर’ जस्ता लेखिएका प्लेकार्ड बोकिएको थियो ।
प्रदर्शनमा आयोजित सभामा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संविधानले प्रदत्त गरेको स्वतन्त्रता हनन हुने गरी विधेयक ल्याइएकाले खारेज वा संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले विधेयकको संशोधनका लागि महासङ्घले राखेका १६ बुँदालाई सम्बोधन गर्नुपर्ने भन्दै विधेयक संशोधन वा फिर्ता नभए सरकारविरुद्ध थप सडक आन्दोलन गर्ने बताउनुभयो । आचार्यले महासंघको आन्दोलन कुनै राजनीतिक दलको विरोधमा र कसैको पक्षमा नभएको भन्दै यो प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो ।
प्रदर्शनीमा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, डा. सुरेश आचार्य, कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्ले, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, देशसञ्चार डटकमका प्रधानसम्पादक युवराज घिमिरेले विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेकाले संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँहरुले विधेयकमा रहेका कतिपय कुराले सूचनाको हकलाई पनि निस्तेज पार्न खोजिएकाले संशोधन गर्नुपर्ने बताउनुभयो ।
विधेयकको विरुद्धमा महासङ्घले आन्दोलन गर्दै आइरहेको छ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकमा प्रेसलाई संकुचन गर्ने प्रावधान सच्याउन माग गर्दै महासंघले आन्दोलन गरेको एक महिना भन्दा बढी भईसक्दा समेत सरकारले नसच्याएको कारण तेस्रो चरणको आन्दोलनका कार्यक्रम महासंघको आगामि बैठकले तय गर्ने महासंघका सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।