सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विषाक्त जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु, नौ जना बिरामी


  •    /२६ जेष्ठ २०७६, आईतवार १०:१३ 
  • चितवन । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा विषाक्त जङ्गली च्याउ खाँदा गम्भीर विरामी भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । अर्की एक बालिकाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

    जङ्गली च्याउ खाएर गम्भीर विरामी भई चितवनस्थित पुरानो मेडिकल कलेजमा ल्याइएका दुई मध्ये आठ वर्षीया निर्मलासिंह ठकुरीको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । अर्की चार वर्षीया विष्णुसिंह ठकुरीको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु दिदीबहिनी हुन् ।

    विषाक्त जङ्गली च्याउ तरकारीका रुपमा खाँदा उनीहरु विरामी परेका थिए । बिरामी हुने अन्यमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेका छन् । उनीहरु चार परिवारका सदस्य हुन् । उनीहरुको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।

    उनीहरुले शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका थिए । वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.