banner news

प्रविधिमैत्री नेपाल बैङ्क: अधिकांश सेवा पाँच मिनेटभित्रै
-न्युजभित्तो

रसुवा, १२ चैत । सेवाग्राहीले बैङ्क पुगेपछि लाइन, झन्झटिलो प्रक्रिया र घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अहिले बिस्तारै इतिहास बन्दै गएको छ ।  यहाँस्थित  नेपाल बैङ्क लिमिटेडको धुन्चे शाखाले बैङ्किङ सेवालाई प्रविधिमैत्री बनाउँदै कार्यसम्पादनलाई एकदेखि पाँच मिनेटमै सीमित गर्न सफल...

ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
-न्युजभित्तो

काठमाडौँ, १२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आज आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्य केसीले...

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’
-न्युजभित्तो

म्याग्दी, १२ चैत । म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा आज बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले संस्कृतिकर्मी श्रेष्ठलाई नगद रु २५ हजार र कदरपत्र प्रदान...

बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति
-न्युजभित्तो

सिद्धार्थनगर (भैरहवा), १२ चैत । बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको आर्थिक क्षति भएको छ । पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा भिजेर नष्ट हुँदा उद्योगी समस्यामा परेका छन् । लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका पूर्वअध्यक्ष अजयकुमार...

सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने
-न्युजभित्तो

चितवन, १२ चैत । जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन । शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका...

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १२ चैत । प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  धादिङको गङ्गाजमुना गाउँपालिका-७ फुलखर्क घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी...

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
-न्युजभित्तो

दमौली (तनहुँ), १२ चैत । जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तरराष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन...

सुनसरीमा चैते धान रोपाइँ
-न्युजभित्तो

धरान (सुनसरी), १२ चैत । सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ । जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १२ चैत । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन...

जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’
-न्युजभित्तो

अत्तरिया (कैलाली), १२ चैत । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका,...