सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित


  •    न्युजभित्तो/१२ चैत्र २०८२, बिहीबार १२:५८ 
  • दमौली (तनहुँ), १२ चैत । जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् ।

    यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तरराष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन थालेका हुन् । 

    सूर्य नेपाल प्रालिको हिमालयन ट्रेजरले यहाँ उत्पादित मह किसानसँग खरिद गरी बजारीकरण गर्न थालेको छ । प्रारम्भिक चरणमा दुई हजार १०० किलो मह प्रतिकिलो रु दुई हजारका दरले खरिद गरिएको छ । 

    कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत किसानलाई कफीका बिरुवा वितरण गर्दै बहुआयामिक कृषि प्रणालीलाई प्रोत्साहन गरेपछि यसले किसानको आयस्रोत विविधीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

    थप्रेकका किसान सुरज वाग्लेले आफूहरूले उत्पादन गरेको महले विश्वबजारमा प्रवेश पाएपछि निकै उत्साह थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो उत्पादनले अन्तरराष्ट्रिय बजारमा प्रवेश पाउनु खुसीको कुरा हो । थप बजार विस्तार भएमा कृषकलाई यही पेसामा टिकिराख्न सहयोग पुग्नेछ ।”

    वाग्लेका अनुसार यस ठाउँमा पाँच सयभन्दा बढी किसान मौरीपालनमा आबद्ध छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम ९यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना० अन्तर्गत सञ्चालित मौरीपालन कार्यक्रमले यस क्षेत्रमा व्यावसायिक मौरीपालन विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । सुरुमा १० जना किसानबाट सुरु भएको कार्यक्रम हाल पाँच सय जनामा पुगेको छ । 

    वाग्लेसँग मात्र हाल २५ वटा मौरीघार छन् । आगामी दिनमा घारको सङ्ख्या दुई सयसम्म विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । “महको मूल्य र बजार दुवै राम्रो हुँदै गएको छ, त्यसैले थप लगानी गरेर उत्पादन बढाउने सोचमा छु” उहाँले भन्नुभयो । 

    महको गुणस्तर सुनिश्चित गर्न सूर्य नेपाल प्रालिले प्रत्येक महिना विभिन्न फूलको स्रोतबाट सङ्कलित महको परीक्षण गर्दै आएको छ । यस क्रममा कात्तिक महिनामा कटुस वनबाट सङ्कलित मह उच्च गुणस्तरको देखिएको र विदेशी बजारका लागि उपयुक्त ठहरिएको जनाइएको छ । 

    अगुवा किसान नन्दुथापा मगरले यहाँ उत्पादित मह विदेशमा बजारीकरण हुनु किसानका लागि ठूलो खुसीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादित महको माग विदेशमा राम्रो छ । किसानको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन् । बजारीकरणले थप किसानलाई आकर्षित गर्नेछ ।”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नं १ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँमा उत्पादन भएको ‘कटुस’ महलाई अन्तरराष्ट्रिय बजारमा पुगेको उल्लेख गर्दै यसलाई नेपालको आर्थिक सम्भावनाको महत्त्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत उक्त मह ‘मरानी चेष्टनट हनी’ ब्रान्डमा विश्वबजारमा बिक्री सुरु भएको जानकारी दिँदै नेपाली उत्पादनलाई उच्च मूल्यमा विश्वस्तरमा स्थापित गर्न सकिने सम्भावना उजागर भएको बताउनुभयो । 

    वाग्लेले नेपाली उत्पादनलाई विशिष्ट प्रशोधन, गुणस्तरीय परीक्षण, आधुनिक प्याकेजिङ तथा प्रभावकारी बजारीकरणमार्फत विश्वबजारमा पु¥याउन सूर्य नेपालअन्तर्गतको ‘हिमालयन ट्रेजर’ ब्रान्डको भूमिकाको प्रशंसा गर्नुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.