सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रविधिमैत्री नेपाल बैङ्क: अधिकांश सेवा पाँच मिनेटभित्रै


  •    न्युजभित्तो/१२ चैत्र २०८२, बिहीबार १५:२० 
  • रसुवा, १२ चैत । सेवाग्राहीले बैङ्क पुगेपछि लाइन, झन्झटिलो प्रक्रिया र घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अहिले बिस्तारै इतिहास बन्दै गएको छ ।  यहाँस्थित  नेपाल बैङ्क लिमिटेडको धुन्चे शाखाले बैङ्किङ सेवालाई प्रविधिमैत्री बनाउँदै कार्यसम्पादनलाई एकदेखि पाँच मिनेटमै सीमित गर्न सफल भएको छ ।

    पहिले ‘चेक’ भुक्तानी गर्न लामो समय लाग्ने भए पनि अहिले अधिकांश सेवा पाँच मिनेटभित्रै सम्पन्न हुन थालेको सेवाग्राही खड्गबहादुर बोगटी बताउनुभयो । उहाँले भन्नुभयो, “बैङ्कको सेवा प्रविधिमैत्री हुँदा  सहज भएको छ । ”

    जिल्लामा बैङ्कले धुन्चे शाखा र स्याफ्रुबेँसी इकाइबाट सेवा सञ्चालन भइरहेको छ । शाखा प्रबन्धक ल्हाक्पारिञ्जी शेर्पाका अनुसार दुबै कार्यालयमार्फत नियमित कारोबार गर्ने सेवाग्राही सङ्ख्या २०० भन्दा बढी पुगेको छ ।

    जिल्लाको सदरमुकाम धुन्चेमा बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्न तथा उत्तरी भेगका नागरिकलाई स्थानीय स्तरमै बैङ्किङ पहुँच उपलब्ध गराउने उद्देश्यले स्याफ्रुबेँसी इकाइ स्थापना गरिएको हो । यस इकाइबाट ठूलोस्याफ्रु, खाम्जिङ, पेल्गो, बृद्धिम, थुमन, गोल्जुङ, गतलाङलगायतका गाउँका स्थानीयले निरन्तर बैङ्किङ सेवा लिँदै आएका छन् ।

    बैङ्किङ कारोबार पूर्ण रूपमा विद्युतीय प्रणालीमा रूपान्तरण भएपछि सेवा प्रवाह छिटो, पारदर्शी र सुरक्षित बनेको बैङ्कका खजान्ची प्रकाश ढकालले जानकारी दिनुभयो । जिल्लामा मात्रै नियमित बैङ्किङ सेवा प्रयोग गर्ने सेवाग्राही सङ्ख्या सात हजारभन्दा बढी पुगेको छ ।

    चौबिसै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘एटिएम’ सेवा सञ्चालनमा ल्याइएको छ भने नोटकोषसमेत सञ्चालन गरिरहेको छ । जिल्लामा सञ्चालनमा रहेका दर्जनौँ ९क० वर्गका बैङ्कहरूसँग अन्तरबैङ्क कारोबारसमेत सहज रूपमा हुँदै आएको छ ।

    शाखाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ५२४ भन्दा बढी खाता सञ्चालनमा ल्याएको जनाएको छ ।    त्यसैगरी, सुनचाँदी व्यवसायी, कृषि क्षेत्र, व्यक्तिगत तथा संस्थागत जमानीमा विभिन्न प्रकारका कर्जा सेवा प्रदान गर्दै आएको छ ।

    सुनचाँदी धितो कर्जा आजको आजै र अन्य धितो राखी ऋण प्रवाहको हकमा धितो सुरक्षाको व्यवस्था मिलाएर ऋण प्रवाह गरिने गरिएको बैङ्कले जनाएको छ ।

    रसुवामा पेन्सन बुझ्ने     सेवाग्राहीको सङ्ख्या करिब ६० रहेको छ भने सरकारी कार्यालय तथा सामाजिक सङ्घसंस्थाका सबै प्रकारका भुक्तानी र जम्मा प्रक्रियाको सेवा पनि यही बैङ्कमार्फत हुँदै आएको छ । विसं १९९४ मा स्थापना भएको नेपाल बैङ्क लिमिटेड नेपालको जेठो बैङ्कका रूपमा परिचित छ । रसुवामा भने यसको शाखा विसं २०३३ मा स्थापना भएको थियो । जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन बैङ्कले महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरू बताउँछन् ।

    बैङ्कमा सुरक्षा गार्डदेखि शाखा प्रमुखसम्म गरी १५ जना कर्मचारी कार्यरत छन् । सेवाग्राही नेमबहादुर तामाङका अनुसार कर्मचारीहरू लगनशील, मिहेनती र सेवाग्राहीप्रति नरम व्यवहार तथा मानव अधिकारको पूर्ण सम्मानका साथ काम सम्पादन भएको पाइएकाले बैङ्कप्रतिको विश्वास अझ बलियो बनेको छ ।

    ग्रामीण अर्थतन्त्र चलायमान 

    पहाडी जिल्ला रसुवामा बैङ्किङ पहुँच विस्तारसँगै व्यापार, कृषि, सामाजिक सुरक्षा वितरण तथा सरकारी सेवा प्रवाहमा उल्लेखनीय सहजता आएको छ ।

    परम्परागत बैङ्किङबाट डिजिटल बैङ्किङतर्फको यात्रा पूरा गर्दै सो बैङ्कले अहिले ‘छिटो सेवा, सुरक्षित कारोबार र विश्वसनीय संस्था’ को पहिचान स्थापित गरिरहेको छ । रासस

               

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.