सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ


  •    न्युजभित्तो/१२ चैत्र २०८२, बिहीबार १४:०१ 
  • काठमाडौँ, १२ चैत । प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

    धादिङको गङ्गाजमुना गाउँपालिका-७ फुलखर्क घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने २८ वर्षीय प्रदिप गुरूङ, ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-९ घर भई काठमाडौँ महानगरपालिका–२६ सामखुशी बस्ने २९ वर्षीय लाक्पा शेर्पा, रसुवाको नौकुण्ड गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-२६ बस्ने २८ वर्षीय सागर कामी र भारतको महाराष्ट्रको सोलपुर जिल्ला तान्दुलवाडी थाना खोरेबस्ती ग्राम घर भई काठमाडौँ महानगरपालिका-१५ बस्ने २८ वर्षीय गौरव गुणाजी मोरे पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “काठमाडौँ चन्द्रागिरि नगरपालिका-१५ तिनथानास्थित एक घरबाट एक दशमलव पाँच तोलाको सुनका सिक्री, एक तोलाको औँठी, आधा तोलाको झुम्का एक जोर, आधा तोलाको तिलहरी, मोबाइल दुई थान र नगद रू पाँच हजार चोरी भएको भनी प्राप्त निवेदनका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा उक्त चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा निजहरूलाई पक्राउ गरिएको हो ।”

    पहेँलो धातु २३ दशमलव ३० ग्राम र चोरीमा प्रयोग भएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकलसहित मिति काठमाडौँ महानगरपालिका-२६ गल्कोपाखा बागमती ड्राइभिङ सेन्टर अगाडिबाट निजहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.