सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम


  •    न्युजभित्तो/१५ श्रावण २०८३, शुक्रबार १२:५६ 
  • चितवन, १५ साउन । बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा काठमाडौँ उपत्यकाबाहेकका प्रदेशका ती जिल्लामा सो सङ्ख्यामा दुर्घटना भएका हुन् ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार गत आवमा प्रदेशका १० जिल्ला मध्ये चितवनमा सबैभन्दा धेरै दुर्घटना भएका छन् । चितवनमा ५४५ दुर्घटना भएको कार्यालयले जनाएको छ । 

    कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सबैभन्दा कम दुर्घटना हुने जिल्लाका रुपमा रामेछाप रहेको छ । सो जिल्लामा एक वर्षमा ४७ दुर्घटना भएका छन् । प्रदेशभित्र दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो, धादिङ तेस्रो, सिन्धुली चौथो स्थानमा छन् । 

    यस्तै, काभ्रे, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक र रामेछाप क्रमशः छन् । एक वर्षमा भएका दुर्घटनामध्ये मुख्य राजमार्गमा धेरै दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । 

    उहाँका अनुसार मुख्य राजमार्गमा एक हजार ११४, ग्रामीण सडकमा ५३९ र सहरी क्षेत्रमा २७१ दुर्घटना भएका छन् । प्रदेशभित्र सवारी दुर्घटना दिनको १२ः०० बजे देखि साँझको ६ः०० बजेसम्म बढी दुर्घटना भएका छन् । प्रमुख पाण्डेका अनुसार सो समयमा ७४० दुर्घटना भएका छन् । साँझ ६ः०० बजेदेखि राति १२ः०० बजेसम्म ५७२ वटा, बिहान ६ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म ४९४ र राति १२ बजेदेखि बिहान ६ः०० बजेसम्म ११८ सवारी दुर्घटना भएका छन् ।

    कार्यालयको तथ्याङ्कअनुसार प्रदेशका १० जिल्लामा भएका दुर्घटनामा परी एक वर्षमा ३४० जनाले ज्यान गुमाएका छन् भने तीन हजार ७६३ जना घाइते भएका छन् ।

    अघिल्लो आव २०८१÷०८२ मा प्रदेशभित्र दुई हजार ४१२ दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ३०४ जनाले ज्यान गुमाएका थिए भने चार हजार ७४७ जना घाइते भएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो
    • हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण
    • प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरुसँग छलफल
    • धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.