सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पशु चौपायमा कृत्रिम गर्भाधान


  •    न्युजभित्तो/१५ श्रावण २०८३, शुक्रबार १५:३५ 
  • चितवन, १५ साउन । जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ । यहाँ पालिएका गाई, भैँसी र बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो । पशुसेवा कार्यालय चितवनका अनुसार ६३ हजार ६२७ गाई, छ हजार ५४४ भैँसी र ३५ वटा बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो । 

    कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिकामा पालिएका २९ हजार ९२ गाई, तीन हजार १७० भैँसी र २६ बाख्रामा कृत्रिम गर्भाधान गराइएको छ ।  यस्तै, कालिका नगरपािलकामा एक हजार ६२० गाई र २४२ भैँसी, रत्ननगर नगरपालिकामा सात हजार ४८४ गाई र ५९९ भैँसी, खैरहनी नगरपालिकामा ११ हजार ५३५ गाई, एक हजार १२० भैँसीमा कृत्रिम गर्भाधान गराइएको छ । 

    राप्ती नगरपालिकामा १२ हजार ५८९ गाई, ८३७ भैँसी र नौ वटा बाख्रा, माडी नगरपालिकामा एक हजार १४० गाई र ३७६ भैँसी र इच्छाकामना गाउँपालिकामा १६७ गाई र २०० वटा भैँसीमा कृत्रिम गर्भाधान गरिएको उहाँले जानकारी दिनुभयो । 

    कृत्रिम गर्भाधान गर्दा उन्नत जातका बाच्छाबाच्छी उत्पादन हुने, स्थानीय पशुमा दूध र मासु उत्पादन क्षमता बढ्ने, बहर पाल्नुपर्ने झन्झट र खर्च कम हुने हुँदा कृषक आकर्षित भएको उहाँले जानकारी दिनुभयो । प्राकृतिक साँढेबाट सर्ने यौन तथा सरुवा रोगबाट बचाउन सकिने र थोरै विर्यबाट धेरै पशुलाई प्रजनन गराउन सकिने हुँदा व्यावसायिक पशुपालन गर्ने किसानले कृत्रिम गर्भाधान गराउने गरेको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.