banner news

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान
-न्युजभित्तो

चितवन, २५ चैत । यहाँको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बाली प्रवर्द्धनका लागि किसानलाई धानको बीउमा अनुदान दिन लागेको हो...

संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
-न्युजभित्तो

काठमाडौँ, २५ चैत । मन्त्रिपरिषद्को यही चैत १६ गतेको निर्णय अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’को पहिलो बैठक आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका...

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा
-न्युजभित्तो

काठमाडौँ, २५ चैत । काठमाडौँ महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको अधुरो काम पूरा गर्ने भएको छ । प्रदेश सरकारबाट प्राप्त रकमबाट निर्माण थालिएको तर पैसा नपुगेपछि जगमै काम रोकिएको वडा नं ३२ मा पर्ने गगनेश्वर महादेव मन्दिरलाई...

दुई सय ६६ दीर्घरोगीलाई आर्थिक सहयोग
-न्युजभित्तो

तनहुँ, २५ चैत । व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घरोगीलाई रु ३९ लाख २८ हजार आर्थिक सहयोग गरेको छ । उनीहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार चालु आर्थिक वर्षमा क्यान्सर,...

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
-न्युजभित्तो

महेन्द्रनगर, २४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा उहाँले पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा...

मुग्लिन–मलेखु सडकखण्डः घोप्टे भिरको भित्तो काटियो
-न्युजभित्तो

चितवन, २४ चैत । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्ने काम सम्पन्न भएको छ । छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका...

‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
-न्युजभित्तो

काठमाडौँ, २४ चैत । नेपाल ट्रेड युनियन कांग्रेसले नेपालको संविधानमा नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेकाले यो अधिकार खोस्न नहुनेमा जोड दिएको छ । युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानको धारा ३४ (३) ले श्रमिकलाई ट्रेड...

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
-न्युजभित्तो

जुम्ला, २४ चैत । मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागनु मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व सङ्कलन गरेको जनाएको हो ।  कार्यालय...

मन्त्रिपरिषद् बैठकको निर्णय: राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
-न्युजभित्तो

काठमाडौँ, २४ चैत । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...

एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
-न्युजभित्तो

इनरुवा (सुनसरी), २४ चैत । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी हरिनगर–६ का २० वर्षीया...