सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’


  •    न्युजभित्तो/२४ चैत्र २०८२, मंगलवार १७:०८ 
  • काठमाडौँ, २४ चैत । नेपाल ट्रेड युनियन कांग्रेसले नेपालको संविधानमा नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेकाले यो अधिकार खोस्न नहुनेमा जोड दिएको छ ।

    युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानको धारा ३४ (३) ले श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हकको ‘ग्यारेन्टी’ गरेकाले ट्रेड युनियन खारेज गर्न नहुने स्पष्ट पारेको हो ।

    युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले शासकीय सुधारका दृष्टिले सरकारले ल्याएका कार्यक्रम राम्रा भए पनि बुँदा नं १२ मा ट्रेड युनियन खारेज गर्ने निर्णय श्रमिकलाई मान्य नहुने बताउनुभयो । “हामीले दलीय ट्रेड युनियन हुनुपर्छ भनेका छैनौँ, तर ट्रेड युनियन खारेज गर्नुपर्छ भन्ने निर्णयमा हाम्रो आपत्ति हो”, उहाँले भन्नुभयो, “त्यसैले हाम्रो सङ्गठन स्वतन्त्र तथा पेसागत ट्रेड युनियन आन्दोलनको पक्षमा सधँै दृढ छ ।”

    युनियनका महासचिव अजयकुमार राईले सरकारले ट्रेड युनियन खारेजसम्बन्धी गरेको निर्णय नेपालको संविधान र अनुमोदित अन्तरराष्ट्रिय महासन्धिसँग पनि मेल नखाने बताउनुभयो । सरकारको उक्त घोषणाले अन्तरराष्ट्रिय ट्रेड युनियनले पनि चासो राखेको र नेपालको ट्रेड युनियन आन्दोलनप्रति ऐक्यबद्धता जनाएको पनि उहाँले उल्लेख गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.