सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन


  •    न्युजभित्तो/२४ चैत्र २०८२, मंगलवार १७:०४ 
  • जुम्ला, २४ चैत । मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागनु मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व सङ्कलन गरेको जनाएको हो । 

    कार्यालय प्रमुख मोहनबहादुर विष्टले सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट रु एक करोड २६ लाख २३ हजार ७७७ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । यसैगरी पुँजीगत लाभकरतर्फ रु ५७ लाख ३४ हजार ५३६ र विविधतर्फ रु तीन लाख १३ हजार ८६९ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । 

    राजस्व रकममध्ये पुँजीगत लाभकर सङ्घीय सरकारमा पठाउने प्रावधान छ । त्यसबाहेक पुर्जा धितो, रोक्का, संशोधन, घर कायम, नामसारी विलम्ब शुल्कलगायत शीर्षकको राजस्व रकम प्रदेश सरकारमा पठाउने प्रावधान रहेको कार्यालय प्रमुख विष्टले बताउनुभयो । सङ्कलित राजस्वमध्ये रजिष्ट्रेसन शुल्कअन्तर्गतको कुल रकमको ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान रहेको छ ।

    यहाँ गत आर्वमा विभिन्न राजस्व शीर्षकअन्तर्गत रु दुई करोड ४० राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट रु एक करोड ४२ लाख २३ हजार, सेवा शुल्कबाट रु ९८ लाख २४ हजार, गुठीबाट उठेको राजस्व रु तीन लाख ६४ हजार र पुँजीगत लाभकरतर्फ रु ८४ लाख २९ हजार रहेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.