सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान


  •    न्युजभित्तो/२५ चैत्र २०८२, बुधबार ११:३३ 
  • चितवन, २५ चैत । यहाँको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बाली प्रवर्द्धनका लागि किसानलाई धानको बीउमा अनुदान दिन लागेको हो ।

    नगरपालिकाकी कृषि अधिकृत सृजना श्रेष्ठले अनुदान प्राप्त गर्न इच्छुक किसान तथा कृषि उद्यमीलाई आगामी वैशाख ७ गतेभित्र निवेदन दिन आह्वान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मोटो र मसिनो गरी विभिन्न सात जातका धानको बीउमा अनुदान दिन लागिएको हो । सङ्घीय सरकारको बजेटमार्फत किसानलाई अनुदान दिन लागिएको हो । अनुदानमा उपलब्ध हुने धानका जातहरूमा सुक्खा धान–२, सावित्री, हर्दिनाथ–५, हर्दिनाथ–६, सावा मन्सुली सब–१, रामधान र चैते–५ रहेका छन् ।

    नगरपालिकाले प्रतिकठ्ठा दुई किलोका दरले एक जना किसानलाई अधिकतम १०० किलोसम्म बीउ उपलब्ध गराउने नीति लिएको छ । अनुदान लिन चाहने किसानले नागरिकताको प्रतिलिपि र चालु आव २०८२÷८३ को एकीकृत सम्पत्ति कर तिरेको रसिदसहित स्वयं कृषि शाखामा उपस्थित भई निवेदन दिनुपर्नेछ । जग्गा भाडामा लिएर खेती गर्ने किसानका हकमा जग्गाबहाल सम्झौता, बहाल कर तिरेको रसिद र जग्गाधनीको नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको कृषि शाखाले जनाएको छ ।

    यसअघि नगरपालिकाले चैते धानको बीउमा पनि ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । यस पालिकामा चैते धान दुई हजार ५१ हेक्टर क्षेत्रफलमा लगाइन्छ भने बर्खे धान तीन हजार ५५८ हेक्टर क्षेत्रफलमा लगाइन्छ । धानको बीउमा अनुदानका लागि रु १० लाख ७५ हजार बजेट रहेको उहाँले जानकारी दिनुभयो । पालिकाले कृषि चुन र मललगायत सामग्रीमा समेत किसानलाई अनुदान दिँदै आएको छ । कृषिमा आत्मनिर्भर बनाउन र उन्नत बीउको प्रयोगमार्फत उत्पादकत्व वृद्धि गर्न यस्ता कार्यक्रम ल्याइएको अधिकृत श्रेष्ठले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.