banner news
चितवन, २८ साउन । पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ । जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो । त्यसो त यसलाई राणाहरुले...
प्रतिमा सिलवाल चितवन, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्लटिङ तथा जथाभावी कित्ताकाट गरेको प्रकरणमा चितवनको माडी नगरपालिकालाई पत्र पठाएको छ। संघीय सरकारको निर्देशन र कानूनविपरीत जग्गा प्लेटिङ तथा कित्ताकाटका लागि स्वीकृत र विभिन्न व्यक्ति तथा संस्थालाई मनोमानी रुपमा...
काठमाडौँ, २८ साउन । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२...
चितवन, २८ साउन । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित...
मकवानपुर, २८ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वाग्मती प्रदेश युवा परिषद्को हेटौँडा–४ हुप्रचौरस्थित कार्यालय उद्घाटन कार्यक्रममा उहाँले परिषद्ले युवा हितका...
चितवन, २७ साउन । दासढुंगालाई पर्यटकीय र राजनीतिक तीर्थस्थलका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । दासढुंगाको समग्र विकासको लागि डिपिआर तयार गरिएको हो । तयार प्रतिवेदनमाथि आज आयोजित कार्यक्रममा छलफल गरिएको छ । मदन–आश्रित स्मृति...
काठमाडौं,२७ साउन । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य...
काठमाडौं,२७ साउन । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो...
सुदूरपश्चिम, २७ साउन । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग धनगढीमा छलफल गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित उक्त टोलीले दार्चुलामा रहेर...
काठमाडौं, २७ साउन । राष्ट्रियसभाका सदस्यहरुले आइसोलेशन केन्द्र, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर लगायतका संरचना र स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा ९एमाले०का गोपाल भट्टराईले...











