सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व हात्ती दिवस : वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती


  •    न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार १३:११ 
  • चितवन, २८ साउन । पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ । जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो ।

    त्यसो त यसलाई राणाहरुले सिकार खेल्नसमेत प्रयोग गरे । नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रको संरक्षणमा यसको प्रयोग हुँदै आएको छ । राजा, राणा र साहुमाहाजनले तत्कालीन समयमा शोख र सिकारका लागि प्रयोग गर्ने हात्ती पछिल्ला वर्षमा वन र वन्यजन्तु संरक्षणमा उपयोग गरिँदै आएको छ ।

    नेपालका तराईमा रहेका ६ वटा राष्ट्रिय निकुञ्ज र आरक्ष संरक्षणमा हात्तीको प्रयोग गरिँदै आएको छ । देशकै पहिलो चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको तयारीकै बेलादेखि निरन्तर २७ वर्ष काम गर्नुभएका रामप्रित यादव हात्तीको महत्वको बारेमा चर्चा गरेरै नसकिने बताउनुहुन्छ । यो निकुञ्ज विसं २०३० मा विधिवत् रुपमा स्थापना भएको हो ।

    यसै निकुञ्जमा तीन पटकसम्म प्रमुखको भूमिकामा रहनुभएका यादव संरक्षणमा मात्रै नभएर हात्तीको ऐतिहासिक र धार्मिक महत्वसमेत रहेको बताउनुहुन्छ । पर्साको चारकोशे झाडीमा जङ्गबहादुर राणाले हात्ती समाउने गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “रामायण र महाभारत जस्ता ग्रन्थहरुमा युद्ध गर्न हात्तीको प्रयोग गरिएको चर्चा पाइन्छ ।” हिन्दू धर्ममा महत्वपूर्ण मानिएको हात्ती सिकार हुँदै अहिले संरक्षणमा लगाइँदै आएको छ ।

    यादवको भनाइमा चोरीसिकार नियन्त्रण, गस्तीदेखि सडक नपुगेका निकुञ्जका भित्री भागमा कर्मचारी र रासनपानी ओसार्न हात्तीको प्रयोग गरिन्छ । पहिले पहिले भारतको आसाम क्षेत्रमा हात्ती समाउन पाउने भए पनि पछिल्ला वर्षमा भारत सरकारले रोकेसँगै नेपालमा हात्ती किन्नुपर्दा महँगो भएको यादव बताउनुहुन्छ ।

    यादवले भन्नुभयो “हाम्रो बेलामा पाँच ६ हजारमा हात्ती पाइन्थ्यो, अहिले ८० लाखभन्दा बढी पर्छ रे ।” निकुञ्जमा ५६ वटा सुरक्षा पोष्ट रहेका छन् । तीमध्ये १६ वटामा हात्ती रहेका छन् । प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्ज सुरक्षामा हात्तीको भूमिका महत्वपूर्ण रहेको बताउनुहुन्छ । वर्षातको समयमा निकुञ्जका भित्री भागमा रहेका पोष्टलगायतका क्षेत्रमा गस्तीको माध्यम हात्ती मात्रै हुने गर्दछ । अहिले निकुञ्जमा भएका पोष्टमध्ये २० वटा बाहेक अन्यत्र कर्मचारी ओहोरदोहोर, रासनपानी ओसारपसार लगायतकाकार्य हात्तीले गर्दै आएका छन् ।

    वर्षा होस् वा हिउँद वन्यजन्तु घाइते हुँदा होस् वा नियन्त्रण गर्नुपर्दा हात्तीकै साहारा लिनुपर्ने बरालको भनाइ छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यस निकुञ्जमा २३ पोथीसहित ५६ हात्ती छन् । तीमध्ये नौ वटा बच्चा बाहेक अधिकांश संरक्षणमा जुट्ने गर्दछन् । यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा ६८ वटा निजी हात्ती पर्यटक घुमाउन प्रयोग हुँदै आएका छन् । हात्ती बिनाको संरक्षण कल्पना गर्न नसकिने अधिकारीको भनाइ छ ।
    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य नेपालका तराईका सबै निकुञ्ज सुरक्षामा हात्तीको प्रयोग हुँदै आएको बताउनुहुन्छ । निजीसहित २०० हाराहारी हात्ती नेपालमा रहेका छन् । सबैभन्दा बढी चितवनमा रहेका छन् भने त्यसपछि बर्दियामा १५ वटा छन् । कोशीटप्प वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १०÷१० वटा हात्ती रहेका छन् ।

    सरकारी हात्तीमध्ये ११५ हाराहारी सुरक्षामा सुरक्षामा परिचालन गर्ने गरिएको छ । सौराहा नजिकै हात्ती प्रजनन केन्द्र रहेको छ । सोही केन्द्रमा हात्तीका बच्चा हुर्काउने र तालिम दिने गरिँदै आइएको छ । निकुञ्ज स्थापना हुनुअघि पनि वन क्षेत्रमा गस्तीका लागि हात्ती नै प्रयोग गर्ने गरेको आचार्य बताउनुहुन्छ ।

    हात्ती गस्ती, पेट्रोलिङ, वन्यजन्तु अनुगमन, उद्धार, अनुसन्धानसँगै पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जले गैँडा र बर्दियाले बाघ संरक्षणका लागि जोड दिँदै आएको छ भने पर्सा राष्ट्रिय निकुञ्जले हात्ती संरक्षणमा काम गर्दै आएको छ ।

    वन्यजन्तुमा हात्ती सबैभन्दा ठूलो र बुद्धिमान जनावर हो । यो जनावर आफू सुरक्षित हुँदै अरुको सुरक्षा गर्न खटिँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.