सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय सभा बैठक : कोरोना महामारी नियन्त्रण गर्न आग्रह


  •    न्युजभित्तो/२७ श्रावण २०७८, बुधबार १५:५७ 
  • काठमाडौं, २७ साउन । राष्ट्रियसभाका सदस्यहरुले आइसोलेशन केन्द्र, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर लगायतका संरचना र स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

    राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा ९एमाले०का गोपाल भट्टराईले कोरोनाको तेस्रो लहरको जोखिम रहेको र अस्पतालमा सङ्क्रमित बढिरहेको अवस्थामा त्यसबाट लड्न सरकारको आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो । बालबालिकालाई पनि खोप लगाएर शैक्षिक संस्था चालु गर्नुपर्नेमा उहाँको जोड छ ।

    एमालेकै कविता बोगटीले नेकपा एमालेका वरिष्ठ नेताबाट पार्टी विपरीत भएका कामले आम कार्यकर्ता र जनतामा निरासा छाएको बताउनुभयो । साथै उहाँले यसअघिको सरकारले स्थापना गरेको भूमि समस्या समाधान आयोग खारेजीप्रति आपत्ति जनाउँदै भूमिहीनलाई जग्गाको पुर्जा पाउने र गाँसबासको व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    नेकपा ९माओवादी केन्द्र०का गोपीबहादुर सार्की अछामीले आफ्नो पार्टी सुरुदेखि नै परिवर्तनको पक्षमा रहेको उल्लेख गर्दै माओवादी कसैको वैशाखी टेकेर अघि नबढेको बताउनुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेकाले पाँच दलको गठबन्धनले प्रतिगमनविरुद्ध आन्दोलन गर्नु परेको बताउनुभयो ।

    एमालेका रामचन्द्र राईले जुनसुकै दल निकटको भए पनि भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै भ्रष्टाचार तथ्य प्रमाणले प्रमाणित हुने र भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने माग गर्नुभयो ।

    नेपाली कांग्रेसका जितेन्द्रनारायण देवले हदबन्दीभन्दा बढीको जग्गा राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.