सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जग्गा प्लटिङ प्रकरण : माडी नगरपालिकालाई अख्तियारको पत्र


  •    न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार १२:४३ 
  • प्रतिमा सिलवाल
    चितवन, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्लटिङ तथा जथाभावी कित्ताकाट गरेको प्रकरणमा चितवनको माडी नगरपालिकालाई पत्र पठाएको छ।

    संघीय सरकारको निर्देशन र कानूनविपरीत जग्गा प्लेटिङ तथा कित्ताकाटका लागि स्वीकृत र विभिन्न व्यक्ति तथा संस्थालाई मनोमानी रुपमा सार्वजनिक जग्गा भाडामा दिएको विषयमा जवाफ पेश गर्न अख्तियारले माडी नगरपालिकालाई पत्र पठाएको हो। ८ साउनमा अख्तियारकी नापी अधिकृत राधिका तिमल्सेनाले पठाएको ‘अत्यन्त जरुरीरगोप्य’ पत्रमा कागजात पनि पेश गर्न भनिएको छ।

    माडी नगरपालिकालाई अख्तयारले पठाएको पत्र।
    २४ साउनमा नगरपालिकामा पुगेको पत्रमा माडी–३ स्थित कित्ता नं. १३१ को ४० बिघा जग्गा माडी नगरपालिकाको स्वीकृतिमा प्लटिङ गरिएको, सोही वडाको कित्ता नं। ३९ को १६-१-२ बिघा जग्गा ट्‍वान्टी वान ग्रुपुलाई आवासीय प्रयोजनको लागि कित्ताकाट तथा प्लटिङ स्वीकृति दिएको लगायतका विषयमा जवाफ मागिएको छ।

    यससँगै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र लगायत विभिन्न ६ स्थानको सयौं बिघा जग्गा भाडामा लगाएको लगायतका विषयमा पनि अख्तियारले जवाफ मागेको छ।

    माडी नगरपालिका मेयर ठाकुर ढकालले नेकपा (माओवादी केन्द्र) निकटका कार्यकर्ता तथा आफन्तलाई नियम विपरीत कित्ताकाटको स्वीकृति तथा जग्दा भाडामा लगाउँदै आएकोबारे खोज पत्रकारिता केन्द्रले तयार पारेको रिपोर्ट  प्रकाशित भएको छ।

    समाचार प्रकाशित भएपछि माडी नगरपालिकाले दशौं नगरसभामार्फत मध्यवर्ती क्षेत्रका सार्वजनिक जग्गा भाडामा लगाउने निर्णय खारेज गरेको जनाएको छ। यद्यपि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले रोक लगाएको जग्गा कित्ताकाटको लागि भने नगरपालिकाले ‘ट्‍वान्टी वान ग्रुप’लाई स्वीकृति दिइसकेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.