banner news

चितवनमा आज १७१ जनामा कोरोना संक्रमण, २ जना संक्रमितको मृत्यु
-न्युजभित्तो

चितवन, २७ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पिसिआर परीक्षणबाट १३८ तथा एन्टिजेनबाट ३३ जनामा संक्रमण पुष्टि भएको हो ।जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै १३०...

भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका पाँच बिद्यालयलाई बस हस्तान्तरण
-न्युजभित्तो

 चितवन,२७ साउन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका पाँचवटा सामुदायीक बिद्यालयलाई बस हस्तान्तरण गरेको छ । महानगरपालिकाले नारायणी नमुना माध्यामिक बिद्यालय भरतपुर १०, प्रभात माबि भरतपुर २५, भिमनगर माबि भरतपुर २०, लक्ष्मी मावि भरतपुर २३ र कबिलास माबि भरतपुर २९...

प्राधिकरणमा दोस्रो इनिङ जीवनकै ठूलो चुनौती : कुलमान घिसिङ
-न्युजभित्तो

काठमाडौं,२७ साउन । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् । बुधबार प्राधिकरणमा पदभार ग्रहण गरेका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको...

लुम्बिनीको विशेष अधिवेशन विरूद्धको रिट भट्टराईको इजलासमा
-न्युजभित्तो

काठमाडौं,२७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश भट्टराईको...

भरतपुर महानगर सुरक्षा योजना तयार
-न्युजभित्तो

चितवन, २७ साउन । विकसित मुलुकको सुरक्षा अवस्थाका बारेमा जानकारी राख्नुभएका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी भरतपुर महानगरभित्रको सुरक्षा अवस्था नमूना बनाउने योजनामा हुनुहुन्छ । प्रहरीको दरबन्दी थपलाई भन्दा प्रविधिको उच्चतम उपयोग गर्ने उहाँको तयारी छ । ठाउँठाउँमा प्रहरी राख्नुभन्दा सिसी...

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै
-न्युजभित्तो

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख...

तीस दिनभित्र कोरोना खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीको माग
-न्युजभित्तो

काठमाडौँ, २७ साउन । पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मङ्गलबार साँझ पर्यटनसँग...

कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्लुएचओ
-न्युजभित्तो

कर्णाली, २७ साउन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । सङ्गठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्लुएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मङ्गलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित...

विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त
-न्युजभित्तो

काठमाडौं,२७ साउन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ । मन्त्री भुसालको प्रस्तावमा...

सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री
-न्युजभित्तो

काठमाडौं,२६ साउन ।सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर...