सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’


  •    न्युजभित्तो/१७ जेष्ठ २०८३, आईतवार १६:१८ 
  • काठमाडौँ, १७ जेठ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ । चेम्बर अफ कमर्शले आज विज्ञप्ति जारी गर्दै बजेट केही महत्वाकाङ्क्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो ।

    चेम्बरले आयकरमा छुट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष भएको बताएको छ । व्यक्तिगत आयकर छुटको सीमा रु १० लाख पुर्‍याइनु र अधिकतम दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारिनुलाई ठूलो उपलब्धिका रूपमा लिएको छ ।

    दुई सय ७३ प्रकारका औद्योगिक कच्चापदार्थमा तयारी वस्तुभन्दा कम भन्सारदर कायम गर्ने र ३६० वस्तुको अन्तःशुल्क खारेज गर्ने निर्णयले उत्पादनमूलक उद्योगलाई राहत पुग्ने चेम्बरले उल्लेख गरेको छ । बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै सेवा निर्यातमा ५० प्रतिशत कर छुट र नेपाललाई एआई युगमा प्रवेश गराउन एआई कम्प्युटिङ केन्द्र स्थापना गर्ने योजनालाई पनि सकारात्मक रूपमा लिइएको छ ।

    निजी क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न अनुमति दिने र खराब कर्जा व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणाको चेम्बरले प्रशंसा गरेको छ । सूचीकृत कम्पनीको धितोपत्र बिक्रीमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा मान्यता दिनु र गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश गराउने घोषणाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ ।

    बजेटमा केही सकारात्मक पक्ष हुँदाहुँदै पनि केही प्रावधानले निजी क्षेत्र र आमउपभोक्तालाई समस्यामा पार्ने चेम्बरले विज्ञप्तिमा उल्लेख गरेको छ । विशेषगरी निजी क्षेत्रबाट सञ्चालित शिक्षण तथा स्वास्थ्य संस्थाले प्रवाह गर्ने सेवामा तीन प्रतिशत कर लगाउने नीति प्रभावकारी कदम नभएको चेम्बरको भनाइ छ । 

    मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताले बिलमा पाँच प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्ने व्यवस्था र विद्युतीय सवारीसाधनमा थपिएको करले हरित ऊर्जाको अभियानलाई निरुत्साहित गर्ने चेम्बरको ठहर छ । सुन तथा चाँदीको भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याइनु र पुँजीगत लाभकरको दर वृद्धि गरिनुले लगानीकर्ताको मनोबल कमजोर हुने चेम्बरले बताएको छ ।

    चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले बजेटले लगानी प्रवर्द्धन, कर प्रणालीको सरलीकरण र औद्योगिक विकासमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो । “यदि यी व्यवस्था दृढताका साथ कार्यान्वयन भएमा निजी क्षेत्रको मनोबल बढ्ने र समग्र आर्थिक गतिविधि विस्तार हुनेछ”, उहाँले भन्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
    निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
    • नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
    • शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
    • बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.