सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दासढुंगा विस्तृत परियोजना प्रतिवेदनबारे छलफल


  •    न्युजभित्तो/२७ श्रावण २०७८, बुधबार १९:०४ 
  • चितवन, २७ साउन । दासढुंगालाई पर्यटकीय र राजनीतिक तीर्थस्थलका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । दासढुंगाको समग्र विकासको लागि डिपिआर तयार गरिएको हो ।

    तयार प्रतिवेदनमाथि आज आयोजित कार्यक्रममा छलफल गरिएको छ । मदन–आश्रित स्मृति प्रतिष्ठान दासढुंगा शाखाले संयोजन गरेको कार्यक्रममा वक्ताहरुले दासढुंगालाई राजनीतिक तीर्थस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेकपा एमालेका नेता तथा बागमती प्रदेश सरकारका सल्लाहकार जेएन थपलियाले दीर्घकालिन महत्व राख्ने दासढुंगालाई राजनीतिक तीर्थस्थल बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले
    नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सवार जीपलाई जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा यहाँ ल्याएर राख्नुपर्ने बताउनुभयो । मदनको जन्मघरको झल्को दिने गरी घर निर्माण गर्नुपर्ने उहाँको भनाई थियो ।

    प्रतिष्ठानका अध्यक्ष एवं प्रभासभा सदस्य विजय सुवेदीले सरकारले दासढुंगाको चरणबद्ध विकासका लागि डिपिआर निर्माण गरिरहेको बताउँदै यसमा गर्नुपर्ने सुधारका बारेमा सुझाव दिनुपर्ने बताउनुभयो । अहिले एउटा भवन निर्माणको काम भईरहेको भन्दै उहाँले दासढुंगाको माथिल्लो क्षेत्रमा जाने सडक पक्की बनाउनका लागि बोलपत्र आव्हान गर्ने क्रममा रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा एमाले नेताहरु हरि सापकोटा, रमाकान्त सापकोटा, नारायण अधिकारी, शान्ती अधिकारी, डा. तिलचन्द्र भट्टराई, रामप्रसाद न्यौपाने, शम्भु सुवेदी, बद्री अधिकारी, लगायतले डिपिआरबारे सुझाव राख्नु भएको थियो । उहाँहरुले दासढुंगा प्रवेश गरेको आभास हुने गरी निर्माण गर्नुपर्ने, मदन र आश्रितसँग सम्बन्धित सबै विषयलाई म्युजिममा राख्नुपर्ने, अध्ययन अनुसन्धानलाई विश्वविद्यालयसँग जोड्नु पर्ने सुझाव दिनुभएको छ ।

    भतपुर महानगरपालिका वडा नं. २९ का अध्यक्ष मानबहादुर थापा मगरले उक्त क्षेत्रमा बसोबास गर्नेहरुको समयमा नै उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

    इञ्जिनियर कुमार धमलाले तयार डिपिआरबारे जानकारी दिनुभएको थियो । उहाँका अनुसार दासढुंगाको राजमार्ग माथिको भागलाई तीन भागमा विभाजन गरेर विकास निर्माण गर्नका लागि डिपिआर तयार गरिएको बताउनुभयो । तल्लो भागमा प्रशासनिक भवन, सभाहल लगायतका संरचना, बीचको भागमा पार्क र माथिल्लो भागमा अनुसन्धान केन्द्र रहने तयारी डिजाईन तयार गरिएको बताउनुभयो । उहाँले कार्यक्रमबाट प्राप्त सुझावहरुलाई समेटेर डिपिआर परिमार्जन गर्ने जानकारी दिनुभयो ।

    नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र जीवराज आश्रित सवार जीप बि.सं. २०५० साल जेठ ३ गते दासढुंगाबाट त्रिशुली नदीमा खसेको थियो । रहस्यमय उक्त दुर्घटनामा परी दुवै नेताको निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.