banner news
काठमाडौँ, ९ वैशाख । राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र संयुक्त राष्ट्रसङ्घीय बसोबास कार्यक्रमको संयुक्त आयोजनामा खानेपानी उपभोक्ता समितिहरुका लागि क्षमता विकास तालिम आयोजना गरिएको छ । आजदेखि सुरु भएको उक्त तालिम तीन दिनसम्म सञ्चालन...
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ९ वैशाख । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट रु चार करोड बढीको क्षति भएको छ । आगलागी मङ्गलबार दिउँसो भएको हो । जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार...
अछाम, ८ वैशाख । कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुग्नुभएको थियो । आफ्नै काठे डुङ्गा...
काठमाडौँ, ८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन...
काठमाडौँ, ८ वैशाख । अखिल नेपाल फुटबल सङघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप –२०२६ का लागि आज प्रारम्भिक चरणमा ३५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । नेपाल महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने...
काठमाडौँ, ८ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव १० अङ्कले घटेर दुई हजार ८०७ दशमलव १२ विन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक...
काठमाडौँ, ८ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले...
काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी सहित कर्मचारीहरूसँग बैठक गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सो बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल हुनेछ । प्रधानमन्त्रीका...
काठमाडौँ, ८ वैशाख । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा...
महेन्द्रनगर, ८ वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु प्रहरी गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या...
















