सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम


  •    न्युजभित्तो/९ बैशाख २०८३, बुधबार ११:५० 
  • काठमाडौँ, ९ वैशाख । राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र संयुक्त राष्ट्रसङ्घीय बसोबास कार्यक्रमको संयुक्त आयोजनामा खानेपानी उपभोक्ता समितिहरुका लागि क्षमता विकास तालिम आयोजना गरिएको छ ।

    आजदेखि सुरु भएको उक्त तालिम तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले जनाएको छ । देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका खानेपानी उपभोक्ता समितिहरुलाई सशक्त बनाउने उद्देश्यले  प्रशिक्षण सञ्चालन गरिएको हो । 

    देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समिति तथा खानेपानी व्यवस्थापन बोर्डसहित २४ वटा संस्थाबाट ४५ जना प्रतिनिधिहरुको सहभागिता रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    राष्ट्रिय साना सहकारी महासङ्घका अध्यक्ष खेम ओली, नगरविकास कोषका सुवासराज पन्त, खानेपानी मन्त्रालय योगेन्द्र चित्रकार, खानेपानी विभागका सुरत बमलगायत  प्रशिक्षक हुनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.