सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट


  •    न्युजभित्तो/८ बैशाख २०८३, मंगलवार १५:५५ 
  • काठमाडौँ, ८ वैशाख । अखिल नेपाल फुटबल सङघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप –२०२६ का लागि आज प्रारम्भिक चरणमा ३५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । 

    नेपाल महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने उक्त प्रतियोगिताका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्नुभएको हो । प्रशिक्षक न्यौपानेले टोलीलाई तयारी गराउन पहिलो चरणको बन्द प्रशिक्षण यही वैशाख १४ गतेदेखि सुरु गर्ने तालिका रहेको एन्फाले जनाएको छ ।

    आठौँ संस्करण साफ च्याम्पियनसिप भारतको गोवा राज्यस्थित मार्गाओमा आगामी मे २५ देखि जुन ७ तारिखसम्म आयोजना हुँदैछ । दक्षिण एसियाली महिला फुटबलमा नेपाल सधैँ बलियो दाबेदारका रूपमा देखिँदै आएको छ तर पटक–पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन । प्रशिक्षक न्यौपानेको नेतृत्वमा नेपाल पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

    छनोट भएको प्रारम्भिक टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, विमला चौधरी, बिर्सना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाईं, मीना देउवा, नेहा कुमारी चौधरी र निशा ठोकर छन् । 

    त्यसैगरी, पुनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सिलु परियार, सुक्रिया मियाँ, सुशीलाकुमारी चौधरी र उषा नाथ छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.