banner news
बागमती, १० वैशाख । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’ बन्द भएको छ । लोपोन्मुख वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरी, वनकवरिया समुदायको आर्थिक उत्थान र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको होमस्टे पर्यटकको अभावमा बन्द...
काठमाडौँ, १० वैशाख । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु ११० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख...
अत्तरिया (कैलाली), ९ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासका पक्षमा रहेको बताउनुभएको छ । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सङ्घीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले घोषणा गरेको दबाबमूलक अभियानअन्तर्गत...
काठमाडौँ, ९ वैशाख । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई...
चितवन, ९ वैशाख । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका १३ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । जेनजी आन्दोलनमा कार्यालयका कागजपत्र नष्ट भएपछि पीडितहरुले पुनः न्यायका निम्ति निवेदन दिएका हुन् । पीडितबाट निवेदन परेपछि स्थानीय प्रशासनले...
गण्डकी, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनका गुरुङलाई नियन्त्रणमा लिई मङ्गलबार कारागार कार्यालय, कास्कीमा बुझाइएको जिप्रकाका प्रहरी...
म्याग्दी, ९ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको हो । ताकमदेखि हिलापोखरी–सोलवाङ हुँदै जोड्ने यो गाउँपालिकाको केन्द्र रहेको...
काठमाडौँ, ९ वैशाख । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) द्वारा तयार पारिएको प्रतिनिधिसभा सदस्य निर्वाचन,...
काठमाडौँ, ९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाँले आज राजीनामाको घोषणा गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर...
कञ्चनपुर, ९ वैशाख । कञ्चनपुरको पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अत्तरिया–गड्डाचौकी सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रमअन्तर्गत सडकमा ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षालाई...
















