सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत


  •    न्युजभित्तो/१७ बैशाख २०८३, बिहीबार १२:२८ 
  • डुम्रे (तनहुँ), १७ वैशाख । हाम्रो समाजमा प्रविधिको विकाससँगै परम्परागत पुख्र्यौली सीप छाडेर वैकल्पिक रोजगारीको खोजीमा युवा भौतारिने गरेका छन् । उनीहरु प्रविधिको विकाससँगै आफूमा भएको सीपको उपयोग छाडेर रोजगारीका निम्ति विदेश जान आतुर हुन्छन् । तर, तनहुँका भुजेल समुदायले परम्परागत पुख्र्यौली सीपलाई आज पनि जीविकोपार्जनको आधार बनाइरहेका छन् । 

    भुजेल समुदायका युवादेखि ज्येष्ठ नागरिकले पुख्र्यौली सीपका रुपमा बाँसका हस्तकलालाई आयका रुपमा उपयोग गर्दै आएका छन् । यी समुदायका प्रत्येक व्यक्ति सीपयुक्त छन् । बाँसका हस्तकला निर्माण गरी बिक्री गर्दै आफ्नो आम्दानी गरी जीविका चलाउँदै आएको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका सावित्री भुजेल बताउनुहुन्छ । 

    “हाम्रो समुदायका बालबालिकादेखि नै पुख्र्यौली सीप सिकेका हुन्छौँ । सिक्नुपर्छ भनेर बालबालिका तथा युवालाई प्रोत्साहन गर्दै पनि आएका छौँ”, उहाँ भन्नुहुन्छ, “पुस्ता हस्तान्तरण गर्न थालेका छौँ ।” हाम्रो समुदायका पुरुष वैदेशिक रोजगारी तथा अन्य पेसामा समावेश भए पनि महिला भने पुख्र्यौली सीपबाट आत्मनिर्भर बनेका उहाँको भनाइ छ । 

    “महिलाको कमाइले घरपरिवार चलाउन सहज भएको छ, पुरुषको कमाइ केही भए पनि बचत गर्न सकिएको छ । यसबाट सङ्कटका बेला सघाउ पुग्छ ।” पहिलाको जस्तो माग नभए पनि हालसम्म आम्दानीको मुख्य स्रोत हाम्रो हस्तकला नै भएको सावित्री बताउनुहुन्छ । 

    अन्य पेसामा आबद्ध भएका भुजेल समुदायका व्यक्ति पनि हस्तकला निर्माणको सीपमा भने पोख्त हुने गरेका छन् । उनीहरुले निर्माण गरेको नाङ्लो, थुम्से, डोको, कुच्चो, डालो, नाम्लोलगायतका बाँसका सामग्री बिक्री गरेर आम्दानी गर्दै आएका छन् । यसबाट घरपरिवारको आवश्यकता पूरा गर्न सहयोग पुगेको छ ।

    आँबुखैरेनी–१ एक्लेफाँटका इन्द्र भुजेल सानैमा सिकेको सीपले अहिलेसम्म आम्दानी गरिरहेको बताउनुहुन्छ । “हामीले बनाएका सामानको पहिला खासै मूल्य हुँदैनथ्यो । अहिले उचित मूल्य पाएका छौँ”, उहाँ भन्नुहुन्छ, “आम्दानीबाट घर चलाउन सजिलो भएको छ ।” सामान बिक्री गर्न पहिला जस्तो दुःख गर्नु नपरेको इन्द्र बताउनुहुन्छ । 

    “पहिला सामान बोकेर बेच्न पुग्थ्यौँ, अहिले गाडी गाउँमै लिन आइपुग्छ । त्यसैले हस्तकलाका सामान उत्पादन गर्न उत्साहित छौँ ।” सरकारले सीपको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पु¥याए देशकै आम्दानीमा टेवा पुग्ने उहाँको भनाइ छ ।  सकेसम्म मागअनुसारको सामान बनाउने कोशिस गरिहेको इन्द्रले बताउनुभयो  । अधिकांश कच्चा पदार्थ दमौलीबाट ल्याउने गरिएको उहाँ बताउनुहुन्छ । 

    उचित नीति, प्रवद्र्धन र बजार व्यवस्थापन भएमा यस पेसाले ग्रामीण अर्थतन्त्रलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । पछिल्ला वर्षमा बजारको पहुँच विस्तार, पर्यटनको वृद्धिसँगै बाँसबाट बनेका सामग्रीको माग बढ्दा यस पेसाले समुदायको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । जिल्लाका आँबुखैरेनी, बन्दीपुर, देवघाटलगायत भुजेल समुदायका व्यक्तिले निर्माण गरेका सामग्री बिक्रीका लागि जिल्लाका विभिन्न ठाउँ तथा चितवन, काठमाडौँ, पोखरा, नेपालगन्ज, बुटवल, वीरगञ्जलगायत ठाउँमा लैजाने गरिएको छ । रासस   

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.