banner news
चितवन, १४ साउन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ५०० शैय्या मध्ये ३५० निःशुल्क रहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार ती निःशुल्क शैय्यामा बस्ने बिरामीलाई खानाको पनि सुबिधा रहेको छ । उहाँले भन्नुभयो, “हाम्रो अस्पतालमा...
काठमाडौँ, १४ साउन । प्रतिनिधिसभाका सांसदहरूले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा उहाँहरूले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन...
जनकपुरधाम, १४ साउन । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्युु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा आज जारी आदेशअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको...
काठमाडौँ, १४ साउन । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौँ, १४ साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पीडितले बचत फिर्ता पाएका हुन् । हालसम्म सो सहकारीका करिब एक हजार ४०० जना...
काठमाडौँ, १३ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कांग्रेसका सभापति गगनकुमार थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । श्रेष्ठका छोराले उहाँलाई दागबत्ती दिनुभएको थियो...
बागमती, १३ साउन । हेटौँडा उपमहानगरपालिका–१० गोरक्षेश्वर दिव्यधाम, राप्तीतटस्थित संस्कृत वेद विद्यालयले ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ भन्ने नारासहित अध्ययन–अध्यापनलाई अघि बढाएको छ । समाजमा संस्कार र संस्कृति हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा विसं २०५६ मा स्थापना भई सञ्चालन...
काठमाडौँ, १३ साउन । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिका सांसदहरूले निर्वावन प्रणाली कम खर्चिलो, पारदर्शिता र सहज बनाउनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको सुनुवाइका क्रममा सांसदहरूले विदेशमा रहेका नेपालीको मदाताधिकारको सुनिश्चितता,...
काठमाडौँ, १३ साउन । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि...
भद्रपुर (झापा), १३ साउन । यहाँको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय लाखबहादुर लिम्बूकी श्रीमती अन्दाजी...


















