सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क: जनशक्ति र श्रोत साधनको अभाव


  •    न्युजभित्तो/१५ श्रावण २०८३, शुक्रबार १२:१७ 
  • चितवन, १४ साउन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ५०० शैय्या मध्ये ३५० निःशुल्क रहेको छ ।  

    अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार ती निःशुल्क शैय्यामा बस्ने बिरामीलाई खानाको पनि सुबिधा रहेको छ । उहाँले भन्नुभयो, “हाम्रो अस्पतालमा साधारण शैय्यामा तीन पटकको खानासहित निःशुल्क सेवा दिइँदै आएको छ ।” बिरामीलाई बिहान, दिउँसो र बेलुका अस्पतालले खाना खुवाउँदै आएको छ ।”

    तीन वर्षअघिबाट अस्पतालले शैय्या निःशुल्क गरेको हो । क्याविन, पेइङ् वार्ड, पोष्टप, एचडियु, आइसियु र डे केयरमा आउने बिरामीसँग अस्पतालले न्यून शुल्क लिइरहेको छ । अस्पतालमा भारतीय सीमा क्षेत्र र नेपाल भरबाट बिरामी उपचार गर्न अस्पतालमा आउने गर्दछन् । न्यून जनशक्ति र स्रोतसाधनमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता अस्पतलामा छ ।

    अस्पतालमा रहेका शैय्या मध्ये ७५ देखि ८० प्रतिशतसम्म भरिने गर्दछ । नेपालमा क्यान्सर उपचारका लागि सरकारी तवरको सुविधा सम्पन्न अस्पतालका रुपमा यसलाई लिइन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.