सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव


  •    न्युजभित्तो/१३ श्रावण २०८३, बुधबार १६:०८ 
  • काठमाडौँ, १३ साउन । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिका सांसदहरूले निर्वावन प्रणाली कम खर्चिलो, पारदर्शिता र सहज बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

    सिंहदरबारस्थित समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको सुनुवाइका क्रममा सांसदहरूले विदेशमा रहेका नेपालीको मदाताधिकारको सुनिश्चितता, नो भोटको व्यवस्था, अन्तरजिल्ला मतदान, निर्वाचनलाई प्रविधिमैत्री तुल्याउनेलगायत विषयमा चासो र जिज्ञासा राखेका हुन् ।

    नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगको मूल्य, मान्यता र पद्धतिको नेतृत्व संविधान र कानुन दिएको अधिकारले मात्रै नहुने भन्दै निर्वाचन प्रक्रिया कम खर्चिलो बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुयभो । उहाँले कार्ययोजना सुधारकै पक्षमा भएको भन्दै सुशासनको पहिलो पाठशाला राजनीतिक दल भएकाले राजनीतिक दलहरू पुनःसंरचना गर्न जरुरी भएको बताउनुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सांसद राजीव खत्रीले निर्वाचन प्रणालीलाई राम्रो बनाउन कसरी काम गर्नुहुन्छ र नो भोटको व्यवस्था कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा प्रश्न राख्नुभएको थियो । उहाँले निर्वाचनमा खर्चको पारशर्दिता र चन्दादाताको पहिचान कसरी गर्नुहुन्छ भन्ने जिज्ञासा राख्नुभएको थियो ।

    नेकपा (एमाले) सांसद डा प्रेमप्रसाद दङ्गालले विदेशमा रहेका नेपालीको मतदान सुनिश्चित गर्ने गर्ने तयारी, कृत्रिम बौद्धिकता, अल्गोरिदमजस्ता विषयालाई निर्वाचन आयोगले प्राथमिकताका साथ हेर्नुपर्ने सुझाव दिनुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद कविन्द्र बुर्लाकोटीले मतदाताहरू निर्वाचनमा मतदान गर्न उत्साहित नभएको अवस्था देखिएकाले आयोगले मतदान अमूल्य भएको कुरा जानकारी गराउनुपर्ने सुझाव दिँदै युवामा पनि मतदान महत्व बुझाउनुपर्नेमा सुझाव दिनुभयो ।

    नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षामान पुनले संवैधानिक आयोगका रूपमा रहेको निर्वाचन आयोगले स्वतन्त्ररूपमा निर्वाचन गराओस् भन्ने दलहरूको चाहना हुने गरेको भए पनि कहिलेकाँही ठूलो दलको छाया पर्ने गरेको टिप्पणी गर्नुभयो ।

    नेकपा (एमाले) का सांसद पद्मा अर्यालले विदेशमा भएका नेपालीले मतदान गर्न पाउने विषय पहिलो वा दोस्रो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले दुर्गम क्षेत्रको निर्वाचनलाई सुरक्षित बनाउने विषयलाई आयोगले गम्भीरतापूर्वक लिनुपर्नेमा सुझाव दिनुभयो ।

    नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले समावेशिताको कुरा गर्दा महिलालाई ३३ प्रतिशत भन्ने अनि उपप्रमुखजस्ता पद मात्रै दिने देखिएकाले आगामी दिनमा मुख्य पदमा आधारआधा गरेर गर्दा उपयुक्त हुन्छ कि भन्ने विषयमा सोच्नुपर्नेमा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.