सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु


  •    न्युजभित्तो/१३ श्रावण २०८३, बुधबार १६:०१ 
  • भद्रपुर (झापा), १३ साउन । यहाँको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय लाखबहादुर लिम्बूकी श्रीमती अन्दाजी ६५ वर्षीया सनज्योति लिम्बूको मृत्यु भएको छ । आज बिहान करिब ९ः०० बजे भएको उक्त घटनामा उहाँको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

    बुहारी सविता खड्काले करेन्ट लागेर लडिरहेको अवस्था देखेपछि बिहान करिब ११ः०० बजे प्रहरीचौकी महेशपुरमा खबर गर्नुभएको थियो । सूचनाप्राप्त हुनासाथ प्रहरी निरीक्षक विशाल श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीे पुग्दा लिम्बूको मृत्यु भइसकेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच यहाँकोे मेचीनगर नगरपालिका–१० नागरडुब्बा एक घरमा फ्रिजको तार सर्ट भएर आगलागी हुँदा करिब रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज बिहान स्थानीय लाल मोहम्मदको भान्सा कोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी भएको हो ।

    आगलागीबाट फ्रिज, डाइनिङ टेबल, भाँडावर्तन, चामल, मिटर बक्स तथा अन्य घरायसी सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन ।

    स्थानीयवासी, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो । प्रहरीका अनुसार आगलागीबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.