सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग


  •    न्युजभित्तो/१४ श्रावण २०८३, बिहीबार १६:१३ 
  • काठमाडौँ, १४ साउन । प्रतिनिधिसभाका सांसदहरूले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको विशेष समयमा उहाँहरूले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो । बैठकमा सांसद गुरूप्रसाद बरालले सुनसरीको घटना समाधानमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको टिप्पणी गर्दै समाजमा धार्मिक सहिष्णुता कायम गर्न सरकारले सहजकिरण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    सांसद युवराज दुलालले गुठी जग्गाको संरक्षण र मोहियानी किसानका समस्याका बारेमा जानकारी गराउँदै सो सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विभिन्न सहरका केन्द्रमा महत्त्वपूर्ण स्थानमा भूमाफियाका आँखामा परेका जग्गाको संरक्षणमा लाग्न सरकारसँग आग्रह गर्नुभयो ।

    सांसद आरेन राईले बाँदरले किसानको खेतीमा गरेको क्षतिका बारेमा जानकारी गराउँदै किसानले अन्य दुस्ख र झमेलासँगै बाँदरको समस्या थपिएको बताउनुभयो । यसलाई समाधान गर्न सरकारले तत्काल प्रभावकारी काम गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

    सांसद भरत गिरीले सुनसरीको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभयो । साथै उहाँले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

    सांसद प्रकाशचन्द्र परियारले सबै धर्म, पर्व र संस्कृतिप्रति आमनेपालीको साझा आस्था रहेको प्रसङ्ग उल्लेख गर्दै नेपालमा धर्म र संस्कृतिका नाममा कहिल्यै पनि युद्ध नभएको र हुने नदिइने बताउनुभयो । उहाँले सुरसरीलगायत क्षेत्रमा भएका पछिल्ला गतिविधिले चिन्तित तुल्याएको बताउँदै हल्लाका पछि नलाग्न आमजनतालाई आग्रह गर्नुका साथै घटनाका दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।

    सांसद डा चन्द्रमोहन यादवले किसानलाई समयमै मल, बीउ, र सिँचाइको व्यवस्था गर्न माग गर्दै चिकित्सकले सुरक्षित रूपमा पेसा गर्न नपाएको केही दिन अघिको अवस्थामा बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्यसका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

    सांसद साजिका खातुका सिद्धिकी र सरस्वती लामाले सुनसरी घटनामा गोली चलेकाबारेमा उच्चस्तरीय छानबिन गर्न माग गर्दै घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारका लागि सरकारसँग माग गर्नुभयो ।

    सांसद श्रीराम न्यौपानेले नागढुङ्गा–सुरुङमार्ग निर्माणका क्रममा निधन हुनुभएका ओमप्रकाश पाण्डेप्रति श्रद्धाञ्जली र निर्माणका क्रममा घाइते हुनुभएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले उक्त आयोजना राष्ट्रकै लागि गौरव भएको बताउनुभयो ।

    सांसद प्रकाशसिंह कार्कीले सुनसरीकाजस्ता घटना आगामी दिनमा हुन नदिन सरोकारवालासँगै सरकार सचेत हुनुपर्ने बताउँदै सबै मिलेर समाजमा धार्मिक सहिष्णुता कायम गर्न आग्रह गर्नुभयो ।

    सांसद डा लेखजङ्ग थापाले वीरगञ्ज नारायण अञ्चल अस्पतालको घटनापछि सरकार र नेपाल चिकित्सक सङ्घपछि पाँचबुँदे सम्झौता भएर राम्रो काम भएको भन्दै वार्ताबाट समाधान समाधान खोज्नु नै महत्त्वपूर्ण भएको बताउनुभयो ।
    (((

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.