सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ


  •    न्युजभित्तो/४ आश्विन २०८३, आईतवार १८:५९ 
  • चितवन, ४ असोज । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले समाजमा रहेका हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्न सके स्वर्णिम समाज निर्माण हुन धेरै समय नलाग्ने बताउनु भएको छ । आईतबार भरतपुर १५ पूर्व रामपुर स्थित पूर्व रामपुर युनाइटेड क्लब र टासी छेलिङ्ग गुम्बा द्वारा मन्त्री तामाङलाई बधाई, शुभकामना तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनप्रतिनिधिले जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माण गर्नुपर्ने बताउनु भएको हो ।

    मन्त्री लामाले भन्नुभयो “समाजका हरेक क्रियाकलापमा युवालाई समेट्न सके युवा पलायनमा कमी आउँछ ।” युवाहरुलाई स्वदेशमै रोजगारी र उद्योगमी बनाउन सबै लाग्नुपर्नेमा उहाँको जोड थियो ।

    सो क्रममा भरतपुर १५ स्थित मगर गुठी समाजले पनि कार्यक्रम गरी मन्त्री तामाङलाई बधाई तथा स्वागत गरेको छ ।

    यसैगरी आईतबार नै भरतपुर १५ स्थित पुन समाज पश्चिम चितवनले आयोजना गरेको मन्त्री तामाङको स्वागत , बधाई तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हरेक जाती सम्प्रदायका कला, संस्कृतिको उत्थान तथा जगेर्ना गर्न कार्यको जिम्मेवारी बागमती प्रदेश सरकारले लिनु बताउनुभयो । उहाँले यस्ता कला संस्कृति राष्ट्रको सम्पत्ति भएको भन्दै यसलाई सबै मिलेर संरक्षण र प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

    आईतबार नै भरतपुर १५ फुलबारी स्थित मित्र मिलन सेवा समाजले समेत बधाई तथा शुभकामना कार्यक्रम को आयोजना गरेको थियो ।

    यस्तै मन्त्री शनिबार भरतपुर २० नयाँ बजार स्थित लक्ष्मी देवि दुग्ध उत्पादक सहकारी सस्थांको ३२औ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री तामाङले युवा पुस्तालाई कृषि तथा पशुपालन व्यवसायमा जोड्न सके देशको अर्थ व्यवस्थामा सुधार आउने बताउनुभयो । उहाँले किसानका हरेक समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउँदै कृषि क्षेत्रको समग्र विकास गरेर कृषिलाई उद्यमको रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.