banner news
काठमाडौँ, १४ वैशाख । सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउनका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा विभागको खोप...
पाटन (ललितपुर), १४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले सुकुमबासीमाथि कारबाही गर्दा पूर्वतयारी...
काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय...
दमौली (तनहुँ), १४ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । भानु नगरपालिका–४ चुँदीरम्घामा आज भानु साहित्य उद्यानको शिलान्यासपछि राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र पहिचान...
चितवन, १४ वैशाख । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् । विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएकी भरतपुर महानगरपालिका–२५...
पोखरा, १४ वैशाख । ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’ यही उक्तिलाई सात वर्षीय भारतीय बालक तेगबीर सिंहले चरितार्थ गरिदिएका छन् । विश्वकै चुनौतीपूर्ण र सुन्दर पदमार्गमध्येको एक मानिने अन्नपूर्ण सर्किटअन्तर्गत पाँच हजार ४१६ मिटर उचाइको थोरङ्लापास...
तेह्रथुम, १४ वैशाख । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो । गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले ९टिएमजे० क्षेत्रको प्रवेशद्वार वसन्तपुर...
चितवन, १४ वैशाख । जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं सञ्चालकसंगको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुधार गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य संस्थामा आएका बिरामीहरुलाई चिकित्सकहरुले संवेदनशील व्यवहार र अस्पतालको विधिभित्र रहेर काम गर्न पनि...
राँझा (बाँके), १४ वैशाख । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त पानी छोडे पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न सकेको छैन । गहुँखेती भित्र्याएपछिको खाली जमिन सदुपयोगका लागि चैते धान उपयोगी भए पनि बाँकेमा किसानहरु व्यावसायिक रुपमा चैते...
काठमाडौँ, १४ वैशाख । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना...

















