सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राससका वरिष्ठ सम्पादक बस्नेतसहित दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान


  •    न्युजभित्तो/२२ बैशाख २०८३, मंगलवार १५:३५ 
  • गण्डकी, २२ वैशाख । राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार कृष्णमणि बराललाई नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।

    आज पोखरामा आयोजित सम्मान अर्पण समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पत्रकारद्वयलाई जनही एक लाख एक हजार १११ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।

    सो अवसरमा प्रदेश प्रमुख भट्टले पत्रकारिता सामाजिक उत्तरदायित्वसहितको पेसा भएको बताउनुभयो । पत्रकारिता नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताउनुभयो । “पत्रकारिता क्षेत्रले कुनै दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ । पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु”, उहाँले भन्नुभयो । श्रमजीवी पत्रकारको पेसागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरूको सबलीकरणको दिशामा राज्यले उचित ध्यान दिनुपर्ने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।

    पत्रकार बस्नेतलाई विसं २०८१ र पत्रकार बराललाई विसं २०८२ को सम्मान प्रदान गरिएको महासङ्घ कास्कीका अध्यक्ष माधब बरालले जानकारी दिनुभयो । तनहुँको व्यास नगरपालिका–२ दमौलीमा जन्मिनुभएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । राससमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत उहाँ त्यसअघि राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा काम गर्नुभएको थियो ।

    त्यस्तै पोखरा महानगरपालिका–७ नुवारथोकमा जन्मिनुभएका बराल विसं २०५५ देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । बिबीसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत उहाँले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्समा पनि काम गर्नुभएको थियो ।

    पत्रकारितामार्फत समाज, राष्ट्र र लोकतन्त्रको सुदृढीकरणमा पुर्याएको योगदानस्वरुप उहाँहरूलाई सम्मान गरिएको हो । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उहाँको परिवारद्वारा उक्त पत्रकारिता सम्मान कोष स्थापना गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.