banner news

चौँतिस जना बचतकर्ताको बचत रकम फिर्ता
-न्युजभित्तो

काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिका, सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ ।  कामपा–६ मा सञ्चालित सहकारी संस्थाले आज रु एक लाख ५० हजारसम्म बचत गर्ने ७० जना...

व्यवसायिक अदुवाखेती गर्दै खोक्सिकका किसान
-न्युजभित्तो

भोजपुर, १३ जेठ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन् । किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न...

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो: राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज यहाँ आयोजना गरिएको ‘सगरमाथा समिटर्स समिट–२०२६’ लाई सम्बोधन...

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन
-न्युजभित्तो

काठमाडौँ, १३ जेठ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ ।  स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो...

स्वास्थ्यमन्त्री मेहता र भूटानी समकक्षीबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ ।  स्विट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो...

असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति
-न्युजभित्तो

गण्डकी, १२ जेठ । सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल तथा तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नं १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा...

सामुदायिक विद्यालयमा बिहानी कक्षा
-न्युजभित्तो

नेपालगन्ज १२ जेठ । नेपालगन्जमा गर्मी बढेपछि यहाँ रहेका सामुदायिक विद्यालयले बिहानी कक्षा सुरु गरेका छन् ।  नेपालगन्जका १२ विद्यालय र कोहलपुरका अधिकांश सामुदायिक विद्यालयमा स्वास्थ्य समस्या नदेखिओस् भनेर बिहानी कक्षा सुरु गरिएको शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत लाकेन्द्रबहादुर शाहीले...

प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल
-न्युजभित्तो

काठमाडौँ, १२ जेठ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरुसँग आग्रह गर्नुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुखले सो...

प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
-न्युजभित्तो

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्मृति सेन्चुरीले दोलखामा पर्यटकीय गतिविधि कम भएको, ऐतिहासिक जिरी पदमार्ग इतिहासमा सीमित...

खोटाङमा घरमै राहदानी वितरण सुरु
-न्युजभित्तो

खोटाङ, १२ जेठ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पु¥याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ । सेवाग्राहीको राहदानी सम्बन्धित जिल्ला हुलाक कार्यालयमार्फत उनीहरूको घरमै पु¥याएर वितरण गर्न नेपाल सरकारले दिएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयलाई...