सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवसायिक अदुवाखेती गर्दै खोक्सिकका किसान


  •    न्युजभित्तो/१३ जेष्ठ २०८३, बुधबार १२:०० 
  • भोजपुर, १३ जेठ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन् ।

    किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न प्रोत्साहन गर्न वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । गुराँस सहकारी संस्थामा आबद्ध आठ जनाले किसानले व्यावसायिक रुपमा अदुवाखेती गरिरहेको उहाँले जानकारी दिनुभयो । 

    स्थानीयस्तरमा उपयुक्त हावापानी र माटोको उपलब्धतासँगै अदुवाखेतीबाट राम्रो उत्पादन लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ ।  “हामीले व्यावसायिक अदुवा खेतीमा जोड दिएका छौँ,” वडाध्यक्ष राईले भन्नुभयो, “खेती गर्न इच्कुछ किसानलाई स्थानीय सरकारले पनि आवश्यक सहयोग गरेको छ । किसानलाई अनुदानमा अदुवाको बीउ वितरण गरेका छौँ ।”

    आवश्यक अनुदान सहयोगसँगै कृषि ज्ञान, तालिम तथा प्राविधिक सहयोग उपलब्ध भएसँगै अदुवाखेतीमा लाग्न सहजता भएको स्थानीय किसान मनोज राईले बताउनुभयो । “अदुवाखेतीबाट अन्य बालीभन्दा राम्रो आम्दानी हुन थालेको छ,” उहाँले भन्नुभयो, “अदुवाबाट राम्रो आम्दानी हुने भएपछि खेती विस्तारमा जुटेका छौँ । यसले घरखर्च चलाउन सहज भएको छ ।”

    अदुवाखेती परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने स्थानीय किसान कमल राईले बताउनुभयो । अदुवालाई अन्यबालीको तुलनामा बाँदरले पनि कम क्षति पु¥याउने भएकाले किसानले खेती विस्तारमा जुटेको उहाँको भनाइ छ । 

    किसानले व्यक्तिगत तथा सामूहिक रूपमा अदुवाखेती विस्तार गर्दै आएका आएको स्थानीय किसान देवकुमार राईले बताउनुभयो । आफूले अहिले करिब तीन रोपनी क्षेत्रमा अदुवा विस्तार गरेको उहाँले जानकारी दिनुभयो ।  

    स्थानीय तहले अदुवाखेतीको विस्तारसँगै प्रशोधन, भण्डारण र बजारीकरणमा समेत जोड दिने योजना बनाएको छ । यसले खोक्सिक क्षेत्रलाई अदुवा उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्ने वडाले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ: मुख्यमन्त्री आचार्य
    दूध किसानलाई रु १२ करोड
    आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै
    • असुरक्षित गर्भपतनको जोखिम कम भएन
    • ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण
    • तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
    • सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.