सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक विद्यालयमा बिहानी कक्षा


  •    न्युजभित्तो/१२ जेष्ठ २०८३, मंगलवार १६:१२ 
  • नेपालगन्ज १२ जेठ । नेपालगन्जमा गर्मी बढेपछि यहाँ रहेका सामुदायिक विद्यालयले बिहानी कक्षा सुरु गरेका छन् । 

    नेपालगन्जका १२ विद्यालय र कोहलपुरका अधिकांश सामुदायिक विद्यालयमा स्वास्थ्य समस्या नदेखिओस् भनेर बिहानी कक्षा सुरु गरिएको शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत लाकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

    कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख रविलाल मिजारले केही दिन यतादेखि कोहलपुरमा पनि बिहानी कक्षा सञ्चालन भएको जानकारी दिँदै यहाँका अधिकांश सामुदायिक विद्यालयले बिहानी कक्षा सुरु गरेको बताउनुभयो । 

    जल तथा मौसम विभाग, कोहलपुरका अनुसार नेपालगन्जमा यस वर्ष ४१.५ डिग्रीसम्म तापक्रम बढेको छ । बढ्दो गर्मी र तातो हावा (लु) का कारण यहाँको जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण सडकमा सर्वसाधारणको हिँड्डुल कम हुन थालेको छ ।  

    चिकित्सकहरूले  गर्मीबाट बच्न दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपडा प्रयोग गर्न सुझाव दिएका छन् । 

    भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा उमेश ढुङ्गानाले शरीरमा पानीको कमी हुन नदिन पटक–पटक पानी, जुस वा अन्य झोलिलो पदार्थ सेवन गर्न सुझाव दिनुभएको छ । गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पतालले इमरजेन्सी म्यानेजमेन्ट टिमलाई ‘हाइअलर्ट’ मा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा नवीन दर्नालले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.