सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल


  •    न्युजभित्तो/१२ जेष्ठ २०८३, मंगलवार १५:५४ 
  • काठमाडौँ, १२ जेठ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरुसँग आग्रह गर्नुभएको छ । 

    प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुखले सो आग्रह गर्नुभएको हो । बैठकमा सभामुख अर्यालले विपक्षी बेन्चमा रहनुभएका सांसदहरुलाई आसन ग्रहण गरेर बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो । 

    “सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ”, उहाँले भन्नुभयो ।

    सभामुखको आग्रहको बाबजुद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरुले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका छन् । प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले विरोध सुरु गरेका हुन् । विपक्षी दलहरुले सदनमा उपस्थित भएर आफ्ना दृष्टिकोण राख्न तथा आमजनतालाई उत्साहित बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले सरकारबाट प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको अरोप लगाउँदै प्रतिपक्षको आवाज सुनेर साझा राष्ट्रिय ‘एजेन्डा’ स्थापित गर्न सुझाव दिनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिएर सरकार सदनप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले विपक्षीको अवरोधका बीच सदनको कामकारबाही अघि बढाउनु उचित नहुने बताउनुभयो ।

    श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जनताको आवाज सुनिदिन आग्रह गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुश्बु ओलीले लोकतन्त्रमा संवाद नै पहिलो सर्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न अनुरोध गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
    निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
    • नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
    • शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
    • बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.