राष्ट्रिय
चितवन, ६ फागुन । चितवन जिल्ला स्तरीय पुरुष नकाउट भलिबल प्रतियोगितामा सगरमाथा रिकण्डिशन विजयी भएको छ । बुधबार (फागुन ५ गते) साँझ सम्पन्न फाइनल खेलमा लामा स्पोर्ट क्लब वीरेन्द्र नगरलाई सोझो सेटमा ३–० को अन्तरले पराजित गर्दै सगरमाथा रिकण्डिशन विजयी...
काठमाडौं , ६ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् । धुलिखेल नगरपालिकाको ३५औँ स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित उद्घाटन कार्यक्रममा उहाँले मुलुक नयाँ निर्वाचनको पूर्वतयारीमा केन्द्रित रहेकाले आगामी वैशाख १७ र...
काठमाडौं, ६ फागुन । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको संख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मंसिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता...
इलाम, ६ फागुन । सरकारले आउँदो वैशाखको १७ र २७ लाई प्रतिनिधिसभाको चुनाव तोकेको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयले चुनावी गतिविधिबारे बुझ्न थालेको छ । केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको कार्यालयले अहिले सरोकारवाला...
झापा, ६ फागुन । देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ । दुवै नेकपाले झापाको विर्तामोड उद्योग वाणिज्य सङ्घ कार्यसमितिको यही फागुन...
चितवन, ५ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने क्रम रोकिएको छैन । आज दुई वर्षको पोथी गैंडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका वडा नं. १७ स्थित अमलटारी अन्तर्गत...
काठमाडौं, ५ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको...
काठमाडौं,५ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ । जिल्ला अदालत, बैतडीमा लगेर आरोपी १८ वर्षीय दिनेश भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद...
काठमाडौँ, ५ फागुन । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । आज रातिदेखि...
चितवन, ५ फागुन । भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ ।गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाबीच...















