सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाण्डौंको तारकेश्वरमा पुनः बर्डफ्लु देखियो, हजारौं कुखुरा र दाना नष्ट


  •    न्युजभित्तो/१४ फाल्गुन २०७७, शुक्रबार ११:५१ 
  • काठमाण्डौं, १४ फागुन । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लू भेटिएको छ । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा चन्द्र ढकालले अनलाइनखबरलाई बताउनुभयो ।

    संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको उहाँको भनाइ छ । प्रवक्ता ढकालका अनुसार कमल गौतमले पालेका अण्डा नपार्ने लेयर्स कुखुरा २ हजार ९ सय ५५ वटा, अण्डा पार्ने लेयर्स २ हजार ७ सय २ वटा, अण्डा ३ हजार ५ सय ७० वटा र दाना १ हजार ४ सय ५० किलो नष्ट गरिएको छ । यसैगरी सरिता शाहले पालेका बोइलर कुखुरा २ हजार ९ सय ६० वटा, दाना ७ सय ५० किलो, सम्झना ठकुरी तिवारीले पालेका बोइलर कुखुरा २ हजार ७६ वटा, लोकल कुखुरा १ सय ७ वटा नष्ट गरिएको छ ।

    अमृत थापाले पालेका २ हजार २ सय चल्ला र १५० किलो दाना तथा शान्ता खनालले पालेका लोकल कुखुरा एक सय वटा र टर्की दुई वटा पनि नष्ट गरिएको छ ।

    तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको बताउनुभयो । तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

    यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको जानकारी आफूले पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.