काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्भावित सत्ता समीकरणबारे तत्कालका लागि आफूलाई ‘रिजर्भ’ राख्ने भएको छ । विभाजनको सँघारमा रहे पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको ‘वैधानिक अवस्था’ सुनिश्चित नहुँदासम्म कुनै पनि पक्षमा नखुल्ने रणनीति कांग्रेसले लिएको हो ।
सभापति शेरबहादुर देउवाको निवासमा आज विहीबार बसेको शीर्ष नेताको बैठकमा अरु बेलाजस्तो परस्परविरोधी धारणा आएनन् । बैठकबाट बाहिरिंदा दुवै गुटका नेताले मिडियासामु एकै धारणा राखे– अहिले कांग्रेस बोल्ने बेला भएको छैन ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक करार गरेर कांग्रेसले तीन चरणको आन्दोलनसमेत गरेको थियो । संसद विघटनलगत्तै नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त आन्दोलनमा आए पुनःस्थापनापछि देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । संसद पुनःस्थापनापछि पनि दाहाल–नेपालले देउवालाई भेटेर सहकार्यको प्रस्ताव गरेका छन् ।
पार्टीका नेतालाई सभापति देउवाले आफूले नेकपाको कुनै पनि समूहसँग सहकार्यको निधो नगरेको बताए । “उहाँहरु आउनुभएको थियो मिलेर जानुपर्छ भन्नुभयो । मैले पार्टीमा छलफल गर्छु भनेर पठाएँ’ कांग्रेस नेतालाई देउवाको ब्रिफिङ थियो । सभापति देउवाले अनौपचारिक रुपमा आफूलाई नेकपाको दुवै पक्षले अफर दिएको संकेत गरे । यद्यपि नेकपा फुट्ने वा जुट्ने टुंगो नलाग्दासम्म आफूले कुनै मानसिकता नबनाउने उहाँको भनाइ थियो ।
बूढानीलकण्ठ बैठकका सबै सहभागी नेताले सत्ताको विषय संसदमा नपुगेसम्म कांग्रेसले धारणा बनाउन जरुरी नरहेको बताए । “छोरो नजन्मी कन्दनी बाट्ने कुरा छैन । जबसम्म विषय संसदमा आउँदैनन्, कांग्रेसले धारणा बनाउन जरुरी छैन”, बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रतिक्रिया थियो । नेता पौडेलले बैठकमा प्रधानमन्त्री ओलीको निरन्तरताको पक्षमा पार्टी उभिन नहुनेमा जोड दिनुभएको थियो ।