सर्वोच्च अदालतले फैसलाले संविधान बचायो,प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाईसकेकाले अब पदमा बसिरहनु ठिक हुन्न:कांग्रेस चितवन जिल्ला सचीव जोशी
न्युजभित्तो/१२ फाल्गुन २०७७, बुधबार २१:५८
चितवन,१२ फागुन । नेपाली कांग्रेसका चितवन जिल्ला सचिव उत्तम जोशीले सर्वोच्च अदालतको फैसलाले संविधान बचाएको बताएका छन् । उनले सर्बोच्चले नेपाली जनतालाई न्याय दिएको समेत टिप्पणी गरेका छन् ।
सचिव जोशीले प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाईसकेकाले अब पदमा बसिरहनु औचित्यहीन हुने बताए । उनले देशलाई गम्भीर मोडमा पुर्याउने, लोकतन्त्र र संविधानको बर्खिलाप गर्ने प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताए।
पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरेकी थिइन । सो कदमलाई सर्बोच्चले फागुन ११ गते बदर गरिदिएको हो। प्रधानमन्त्रीको कदमलाई अलोकतान्त्रिक भन्दै नेपाली कांग्रेसले देश भर आन्दोलन गरेको थियो।
अब बस्ने संसद बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक वातावरणका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनको सुझाब छ ।