सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णाली सरकारले विश्वासको मत नपाउने, एमालेका यमलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुल्दै


  •    न्युजभित्तो/३ बैशाख २०७८, शुक्रबार १०:४८ 
  • सुर्खेत, ३ वैशाख । कर्णाली प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता पछि वहुप्रतीक्षित प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो वैठक आज दिउँसो दुई बजे बस्ने भएको छ ।

    कर्णाली प्रदेश कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुपर्ने समय ६ घण्टा मात्रै बाँकी रहँदा पनि नेपाली कांग्रेस अहिलेसम्म अलमलमै रहेको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरुले कुनै निर्णय गरि नसकेको बताएका छन् । उनले केन्द्रको निर्देशन पर्खिएको बताए ।

    ‘एक हिसाबले भन्दा हामी अहिले पनि अलमलमै छौं । कुनै निर्णय लिन सकेका छैनौं । पार्टी केन्द्रको आदेश कुरेर बसेका छौं ।’ उनले भने, ‘सबै अधिकार हामीलाई दिएको भए यसअघि नै निर्णय गरेर हामी कित्ताकाट गरिसक्थ्र्यौं । हामीलाई पार्टीले टिकट दिएको हो । पार्टीको निर्देशन मान्नै पर्‍यो नि ?’ स्रोतका अनुसार अहिले कर्णाली प्रदेशमा के गर्ने भन्ने बारेमा काँग्रेसका केन्दीय नेताले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग वार्ता गरिरहेका छन् । कांग्रेससँग ६ सिट छ ।

    राप्रपा तटस्थ

    प्रदेश सभामा एक सिट रहेको राप्रपा तटस्थ बस्ने भएको छ । राप्रपा निकट स्रोतका अनुसार अहिलेको अवस्थामा कर्णालीमा मुख्यमन्त्री शाहीको पक्ष वा विपक्षमा मतदान नगर्न प्रदेश सभा सदस्य शोशिला शाहीलाई पार्टी केन्द्रले विहीवार बेलुका निर्देशन दिएको छ । पार्टी निर्देशनपछि सांसद शाहीले मोबाइल अफ राखेकी छन् ।

    एमाले एकै ठाँउमा

    प्रदेश सरकारबाट केहि दिन पहिले बाहिरिएका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आफूहरु सबै एकताबद्ध रहेको बताए । ‘हामीलाई एमालेको माया छ । हामी दलको निर्णय मानेरै राजीनामा दिएर दलको वैठकमा सहभागी भएको तपाईंहरुलाई थाहै छ ।’

    पछिल्लो समय नेपाल पक्षमा लागेका उनले भने, ‘हामी एमालेको दलको निर्णय मानेर सदनमा उपस्थित हुन्छौं । यसमा हामी कोही पनि तल-माथि हुँदैनौं ।’

    अहिले नेकपा एमालेका सबै सांसदहरु बसिरहेको स्रोतले बताएको छ । ‘अहिले आजको सदनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा छलफल भइरहेको छ,’ स्रोत भन्छ, ‘एमाले एक ढिक्का छ ।’

    मुख्यमन्त्रीले विश्वासको मत नपाउने

    एमालेका दुई सांसद आफूतिर तान्न हदैसम्मको बल प्रयोग गरेका मुख्यमन्त्री अन्ततः एमाले एक ढिक्का भएका कारण असफल बन्ने पक्का देखिएको छ । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैका २० सांसद छन् ।

    माओवादी केन्द्रसँग १२ जना मात्रै सांसद छन् । कांग्रेस र माओवादी मिल्दा पनि उसको संख्या १८ मात्रै पुग्नेछ । मुख्यमन्त्री शाहीले विश्वासको मत ल्याउन २० मत ल्याउनै पर्नेछ तर अब उनी २० मत ल्याउन नसक्ने अवस्थामा पुगेका छन् । एमालेका २० मध्ये नेपाल पक्षमा ९ जना सांसद रहेका छन् ।

    एमाले नेतृत्वमा एकल सरकार

    तीन वर्ष देखि नै एमाले नेतृत्वमा सरकार बनाउने योजना आजबाट साकार हुँदैछ । मुख्यमन्त्री शाहीले विश्वासको मत नपाउने निश्चित देखिएको समयमा एमालेको एकल सरकार तीन वर्षपछि कर्णालीमा बन्न लागेको हो ।

    एमाले संसदीय दलका नेता तथा कर्णाली प्रदेशका इन्चार्ज यमलाल कँडेल मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।

    आज दिउँसो दुई बजे संसद वैठक बस्दैछ । वैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, चार दल रहेको प्रदेश सभामा दलगत धारणा राख्ने कार्यसूची तय भएको प्रदेशसभा सचिव जीवराज वुढाथोकीले बताए ।

    यस्तै सरकारले सदन नचलेको समयमा ल्याएको दुई अध्यादेश मन्त्रीले सदनमा राख्नेछन् भने त्यसपछि मात्रै मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँ भन्दै मन्तब्य दिनेछन् ।

    उनको मन्तब्य पछि सांसदहरुले प्रश्न सोध्नेछन भने मुख्यमन्त्रीले त्यसको जवाफ दिने र अन्तिममा विश्वासको मतको कारवाही अगाडी बढाउने कार्यक्रम रहेको उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.