राष्ट्रिय
चरीकोट, २९ साउन । दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो । आगलागीबाट टहरा सहित केही हतियार समेत जलेर पूर्णनष्ट भएको जिल्ला प्रहरी...
सर्लाही, २९ साउन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताउनुभएको छ । उहाँले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल...
चितवन,२९ साउन । चितवनमा पछिल्लो चौबिस घण्टामा १८९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। यो संगै चितवनमा हालसम्म कुल संक्रमितको संख्या २२,८३४ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। त्यस्तै पछिल्लो चौबिस घण्टामा चितवनमा २ जनाको मृत्यु भएको छ। चितवनमा...
काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा...
भरतपुर,२९ साउन । कालिका १० र ११ का बाढी प्रभावित परिवारलाई काठ्माण्डौको ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीले सहयोग गरेका छन् । असार १७ गतेको बाढीले घरबारविहिन बनेका चेपाङ वस्तीमा खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका हुन् । एक महिनासम्म विद्यार्थी तथा...
बनियानी, २९ साउन । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
विराटनगर, २९ साउन । विराटनगर महानगरपालिकाको हाटखोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण गर्न लागिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधिन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो...
काठमाडौँ, २९ साउन । नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको...
कञ्चनपुर, २९ साउन । कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ । बजार, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा बढ्दो भिडाभाडसँगै स्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना सङ्क्रमणका बिरामीको...
काठमाडौँ, २९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ । गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको...













