राष्ट्रिय
काठमाडौँ, १२ कात्तिक । दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) कोे केन्द्रीय कमिटीको बैठक आज सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकमा...
काठमाडौँ, १२ कात्तिक । सरकारले प्रत्यक्षरुपमा मुलुकको कूल जनसङ्ख्याको एक तिहाइभन्दा बढीलाई सहुलियत दरमा बिजुली उपलब्ध गराएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमा विद्युत् नियमन आयोगले स्वीकृत गरेको पछिल्लो विद्युत् महशुलले झण्डै एक करोड ४० लाख नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने...
चितवन,१२ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको राजनीतिको मियो माओबादी केन्द्र बन्ने दावी गरेका छन्। माओवादी केन्द्र भरतपुर महानगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो दावी गरेका हुन्। माओबादी सरकारमा हुँदा वा नहँुदा जुनसुकै...
कास्की, १२ कात्तिक । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा...
दमौली, १२ कात्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले बन्दीपुरमा सञ्चालित होटल तथा रेष्टुराँको वर्गीकरण गरेको छ । होटल रेष्टुराँ स्तरीकरण निर्देशिका २०७४ बमोजिम कार्यालयले ती क्षेत्रमा सञ्चालित १४ होटलको वर्गीकरण गरेको हो । कार्यालयका प्रमुख प्रशान्त...
काठमाडौँ, १२ कात्तिक । नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी...
दमक, १२ कात्तिक । झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल...
बैतडी, १२ कात्तिक । महाकाली नदीमा डुङ्गा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् । सन्दीपको खोजीका...
काठमाडौँ, १२ कात्तिक । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।कम्पनीले निष्कासन गरेको आइपिओमा...
गण्डकी, १२ कात्तिक । पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बाराही माध्यामिक विद्यालयको खेल मैदानमा चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । अभियान युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा शान्ता भलिबल ट्रेनिङ सेन्टरले वियन्का कृषि फार्म, मट्टिखान युवा क्लबले मालेपाटन भलिबल...












